Sajhamanch Archive

झापा ५ बाट ओली र १ बाट कोइराला प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफरिस, २ बाट ४ जना आकांक्षी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप ५ का एमाले इन्चार्ज होम थापाले बताए ।

नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय सांसदका लागि झापाको क्षेत्र नं ५ बाट एकल नाम सिफारिस गरिएको हो ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २५७ मत ल्याएका थिए ।

त्यसैगरी झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मालाई हराएका रविन कोइरालालाई संघीय साँसदका लागि सर्वसम्मत सिफारिस भएका छन् ।कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज समेत रहेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी झापाका इन्चार्ज मोहनकाजीका अनुसार संघीय सांसदका लागि आकांक्षीहरुको नाम संकलन गर्दा कोइराला बाहेक कसैले पनि आफूलाई प्रस्ताव गरेनन् । कोइरालालाई सबैले तालि बजाएर समर्थन गरेका हुन् ।

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्थायी कमिटीका सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेलले उम्मेदवार प्रस्ताव गरेका छन् । सांसदको उम्मेदवार बन्न आकांक्षा राख्नेहरुको नाम संकलन पछि मन्तब्य राख्दै पार्टीका ‘हेबिवेट’हरुले जो जसको नाम फाइनल भए पनि आफ्नो जिम्मेवारीबाट च्युत नभई पार्टीका उम्मेदवारलाई विजय गराउने प्रतिवद्धता गरे ।

यस्तै, उम्मेदवारको आकांक्षीहरुमा वर्तमान प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल र बिर्तामोड नगरपालिकाका निवर्तमान प्रमुख ध्रुवकुमार शिवाकोटी रहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *