Sajhamanch Archive

नेपालको शानदार विजयी शुरुवात, भुटान चार गोलले पराजित

Published: in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले भुटानलाई शानदार रुपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४–० गोलले विजयी भएको हो ।

नेपालका लागि सावित्रा भण्डारीले १२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । सावित्रा ६३ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । त्यस्तै अनिता बस्नेतले ७२ औं र ८४ औं मिनेटमा गोल गरेकी थिइन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स र समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *