Sajhamanch Archive

महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । एकल,दलित विपन्न र बेरोजगार महिलाहरुलाई लक्षित गरेर झापाको शिवगञ्जमा सिलाई कटाई तालिम आजबाट सुरु भएको छ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास तालिम केन्द्र भद्रपुर र गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले संयुक्त आयोजनमा तालिम दिइने भएको हो ।

तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोषन) र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा दीप प्रज्ज्वल गरि उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले तालिममा सहभागी महिलाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न सुझाएका थिए । महिलाहरु पनि पुरुष सरह आत्मनिर्भर बन्दै उद्यमी बन्नुहोस उनले भने, आफुसँग सीप भएपछि नगरपालिकालेल पनि त्यसको कदर गर्ने छ ।

तालिममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १५ जना लक्षित समुदायका महिला सहभागी रहेका छन् । । तालिम ३ सय ९० घन्टा सम्म संचालन हुने आयोजक गोपाल गौरी दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले जानकारी दिइन् ।

कार्यक्रमको सञ्चालन गौरी दिगो विकास प्रतिष्ठान झापाका अध्यक्ष भद्रदुमी राईले गरेका थिए भने स्वागत निर्मला प्रधानले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *