स्थानीय युवाहरुको सक्रियता, आफ्नो गाउँमा आफै जोड्दै सडक बत्ती
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ को मैचाचरी मार्गमा सडक बत्ती जडान गरिएको छ ।
स्थानीय युवाहरुको सक्रियताले मैनाचरी मार्गमा २५ ओटा सडक बत्ती जडान भएको हो । गाउँले आ–आफ्नो घर अगाडी एउटा बत्ती आफै जडान गरेका हुन् । स्थानीय युवाहरु अस्विन धिताल, विद्यानाथ अधिकारी, कमन काफ्ले र होम धितालले आफ्नो गाउँको विकास गर्न स्थानीय स्तरको पनि योगदान हुनु पर्छ भन्ने उद्देश्यका साथ सडक बत्तीको अवधारण अघि सारेका हुन् ।
आफ्नो घर अगाडी आफ्नो आँगन उज्यालो बनाउन सडकमा रहेको विजुलीको पोलमा एउटा बत्ती लगाउन सुरु गरिएको स्थानीय युवा अस्विन धितालले बताए । यसरी सबैले आ–आफ्ना घर अगाडीको विजुलीको पोलमा तथा बाँस गाडी बत्ती जडान गर्ने सहमति भएपछि आज मैनाचरी मार्गमा २५ ओटा बत्ती जडान भएको उनले बताए ।
युवाले सडक बत्तीको अवधाराण मन पराएर अहिले गाउँले आफैले आफ्नो घर अगाडी बत्ती जडान गर्न थालेका छन् । एउटा बत्ती जडान गर्न कम्तीमा ८ सय खर्च हुने स्थानीय विद्यानाथ अधिकारी बताउँछन् । उनका अनुसार शिवसताक्षी न.पा. ११ को प्रणामी मन्दिर भएर उत्तर जाने बाटोमा पनि सडक बत्तीको अभियान सुरु गरिने छ । सडक बत्ती जडान गरेपछि राती पनि आवज जावत गर्न सजिलो हुने भएको छ ।
शिवसताक्षी नगरपालिकाले अघि सारेको हाम्रो नगर उज्यालो शहर अभियान सुरु नभई गाउँले आफै बत्ती जडान गरेर उदारणीय काम गरेका छन् । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन) ले अघिसारेको अभियानले सार्थकता पाउने देखिएको छ । गाउँले आफैले सडक बत्ती जडान गर्न थालेपछि नगरप्रमुख थोप्राको उज्यालो शहर बनाउने काम सुरु हुन नपाउँदै लोकप्रिय बन्ने संकेत मिलेको हो ।
यस अघि पनि सोही युवाहरुले बाटोका नामकरण गरी विभिन्न स्थानमा बोर्ड राखेका थिए ।
Comments