Sajhamanch Archive

शैक्षिक गुणस्तर परिक्षा केन्द्रको नतिजा सार्वजनिक शहिद धर्मभक्त गाउँपालिका प्रथम

Published: in शिक्षा, समाज by .

कमल । शैक्षिक गुणस्तर परिक्षा केन्द्र (ई.आर.ओ.) ले कार्यसम्पादन परिक्षण गरी देशभरका चार हजारभन्दा बढी विद्यालयको श्रेणीकरण गरेको छ ।

श्रेणीकरण गरिएका विद्यालयहरु मध्ये कास्कीको बाटुलेचौर स्थित विध्यावासिनी विद्यालयले ९४ दशमलव ५९ प्रतिशत अङ्क प्राप्तगरी देशभरबाट प्रथम श्रेणीमा परेको छ भने सबै भन्दा कम १८ दशमलव ७८ प्रतिशत अङ्क विराटनगर स्थित बालसुधार गृहले प्राप्त गरेको छ ।

झापा जिल्लामा मेचीनगर स्थित आदर्श माध्यमिक विद्यालयले ८४ दशमलव १३ प्रतिशत अङ्क प्राप्तगरी जिल्ला प्रथम भएको छ । त्यसैगरी दमक स्थित हिमालय माध्यमिक विद्यालयले ८१ दशमलव २३ प्रतिशत अङ्क प्राप्तगरी जिल्लामा दोस्रो भएको छ ।

कार्यसम्पादन परिक्षणको आधारमा शैक्षिक गुणस्तर परिक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार झापको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयले ७८ दशमलव ७२ अंक प्राप्त गरि गाउँपालिको प्रथम र झापा जिल्लाको तेस्रो गुणस्तरिय विद्यालय विद्यालयका सुचना अधिकारी मधुसुधन अधिकारीले जानकारी दिए । शैक्षिक गुणस्तर परिक्षण केन्द्रले सार्वजनिक गरेका नतिजामा उल्लेख गरिएको छ ।

त्यस्तै वडा नम्वर २ स्थित ज्योति माध्यमिक विध्यालयले ७७ दशमलव ६३ अंक प्राप्त गरि झापा जिल्लामा अन्तर्गत चौथो र गाउँपालिको दोस्रो गुणस्तरिय विद्यालय भएको विद्यालयका सहायक नारायण बस्नेतले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *