बालदिवसको अवसरमा मेयरसँग बालबालिका कार्यक्रम
Published:
by .विर्तामोड । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा वेल्स बालक्लबले मेयर संग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईं ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल संग बालबालिकाले जिज्ञासा राखेका थिए ।
बिर्तामोड ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल दिवसको अवसरमा कार्यक्रम आयोजना गरि बालबालिकाको समस्या र नगरपालिकाले बनाएको बाल नितिका बारेमा नगर प्रमुख प्रसाईं संग अन्तरक्रिया गरिएको बालक्लब अध्यक्ष सुहानी प्रसाईले बताइन् ।
कार्यक्रममा बालबालिकाले बाल मैत्री नगर निर्माणमा नगरपालिकाको धारणा , बालबालिका रहाउने सुरक्षाको अवस्थामा नगरको दृस्ठिकोण ,सामुदायिक बिद्यालयमा भएका समस्या,बाल ऎन र पुस्तकको ब्यबस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सोही कार्यक्रममा बिद्यालयमा अध्यन गर्ने बिद्यार्थी हरु मध्ये बाट अनुसाशित,जेहेन्दार, मेहनती र प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । शिक्षा अधिकृत केशर बहादुर खवास, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रन्जित प्रसाईं लगायतले विभिन्न बिधामा उत्कृष्ट विद्यार्थी लाई पुरस्कार बितरण गरेका थिए ।
प्रधानाध्यापक तारा प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रकाश बस्नेतले गरेका थिए। कार्यक्रमको संचालन फोकल पर्सन कमल भट्टराई र सहजीकरण संचार कर्मी हरि बरालले गरेका थिए ।
Comments