Sajhamanch Archive

सतासी महिला मौरीपालनमा नयाँ कार्यसमिति चयन, पुनः धन माया अध्यक्षमा सर्वसम्मत

Published: in समाज, सहकारी by .

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले आ.व. २०७९÷०७९ मा १६ लाख ८६ हजार ५३६ खुद नाफा कमाएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाले १६औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनका क्रममा संस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक देवीकुमारी ओलीले मौरीपालन संस्थाको स्थापना कालदेखि विभिन्न अप्ठ्याराहरु पार गर्दै महिलाहरुले आज स्वाभलब्बी र आत्मनिर्भर भएको बताइन् । उनले पछिल्लो समय मौरीबाट उत्पादिन मह व्यवासयका लागि चार संस्थाको साझेदारीमा बजारीकरण गरिहेको समेत जानकारी दिए । उनका अनुसार झापामा शिवसताक्षी मौरी उत्पादनको हबका रुपमा परिचित भएको छ ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाहरुले घर, छोराछोरी सम्माल्दै समय निकालेर विविको पार्जन आत्मनिर्भर बनेको खुसी व्यक्त गरिन् । पुरुष प्रदान समाजमा महिला दिदीबहिनीहरुले यति ठूूलो संस्था चलाएर उदारणीय काम गरेको उनको भनाई थियो । उनले मह उत्पादन र बजारीकरण र महिलहरुका समस्याहरुका लागि नगरपालिका जहिले सकारात्मक रहेको बताइन् ।

कार्यक्रममा साहारा नेपालकी उपाध्यक्ष पवित्रा लिम्बु, साझामञ्च डक कमका सहसम्पादक सरोज भट्टराई, सताक्षी साप्ताहिकका सहसम्पादक छविलाल दवाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकाकी अध्यक्ष धनमाया थापाले संस्थाका प्रतिवेदन बाचन गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन फुलकुमारी चौधरीले गरेकी थिइन् ।
यसैबीच संस्थाको सातौ अधिवेशनबाट धनमाया थापालाई पुन अध्यक्षमा सर्वसम्मत चयन भएकी छिन् । उपाध्यक्षमा रनमाया माङयुम, सदस्यहरुमा शिवमाया थेवे, सन्तकुमारी मुखिया, आसवती चौधरी, जीवनकुमारी उप्रेती, कमला कुमारी लिम्बु, मनु अधिकारी, गोमा रिमाल (पौड्याल), कमलाल सुब्बा, चन्द्रमाया सेनेहाङ्ग सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले फुलकुमारी चौधरीको संयोजकमा लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा झुमादेवी भण्डारी र अम्बिक ढुंगाना रहेका छन् । संस्थाको ऋण उपसमितिका संयोजकमा मनु अधिकारी, सदस्यहरुमा कमला कुमारी अधिकारी र देवी माया अधिकारी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *