Sajhamanch Archive

शिवसताक्षीमा रहेको गोर्खाली हर्ट नेपालले असाज १५ गते ऐतिहासिक प्रथम अधिवेशन गर्ने

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । गोर्खाली हर्ट नेपालले यहि असोज १५ गते प्रथम एतिहासिक अधिबेशन गर्ने भएको छ ।

बिगत ५ बर्ष देखि बिशुद्ध सामाजिक कार्यमा समर्पित रहेर बिभिन्न सेवामुलक काम गर्दै आएको यस संस्थाले असोज १५गते शिवसताक्षीको दुधेमा प्रथम अधिबेशन गर्न लागेको आज सम्मेलनको आयोजना जानकारी गरएको हो ।

यस संस्थाले गएको भदौ ६ गते जिल्ला प्रशासन कार्यालय झापाबाट बैधानिकता पाएको र प्रथम अधिवेशन गर्न लागेको हो । २०७४ मंसिर देखि फेसबुक ग्रुपबाट सेवा प्रारम्भ गरि हाल ३५ हजार बढी सदस्य फेसबुक ग्रुपमा जोडिएको संस्थाकी महासचिब योसा थेबेले जानकारी दिइन् । उनका अनुसार कुनै पनि संस्था दर्ता गरेको ३ महिना भित्रमा अधिबेशन गरि सक्नु पर्ने कानुनी प्रबधान रहेकोले सोही अनुरुप संस्थाले अधिबेशन गर्न लागेको हो ।

अधिबेशन संगै संस्थाले महत्वपुर्ण कार्य गर्ने अध्यक्ष बिजय खुदाङले जानकारी दिए । उनका अनुसार बिगतका बर्षहरुमा बिपन्न दिर्गरोगीहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा यस अधिबेशनको अवसरमा झापा हल्दीबारी गाउँपालिकाका ३४ बर्षिय बोनम्यारो पिडित उमेश राईलाई आर्थिक सहयोग गर्ने योजना रहेकोले उक्त पुन्यकाममा सबै सहयोगीमनहरुलाई आफुले सकेको आर्थिक सहयोग गरिदिन समेत आग्रह गरेका छन ।

गैर नाफामुलक यस संसथाले झापाको शिबसताक्षीलाई मुख्य कार्यथालो बनाई देश बिदेशमा समेत आफ्नो सदस्यता बिस्तार गरि सकेको जनाइएको छ । १३ जना कार्य समिति रहेको यस संस्थाले हाल साधरण सदस्य र आजिवन सदस्य बिस्तारलाई तिब्रता दिइरहेको यस संस्थाले निकट भबिश्यमा आफुलाई अब्बल संस्थाको रुपमा स्थापित गरि सामजिक कार्यलाई निरन्तरता दिइरहने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *