Sajhamanch Archive

झापाका ३ युवाहरुले सुरु गरे सजिलो बस यात्रा, अब मोबाईलबाटै बसको टिकट काट्न सकिने

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापामा पनि बस यात्राका लागि अनलाइन टिकट काट्न सुरु गरिएको छ । झापाका तीन युवा मिलर बस यात्राका लागि अनलाइनट टिकट स्टिम सुरु गरेका हुन् ।

सजिलो बस यात्रा नामक वयेव साइडबाट झापाबाट विभिन्न जिल्लाको यात्राका लागि बसको टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।
जसको सञ्चालक शिवसताक्षीका हेमन्त नेपाल, दमकका विनोद उप्रेती र भेषराज न्यौपानेले रहेका छन् ।

सञ्चालक हेमन्न नेपालका अनुसार हाल झापाबाट काठमाडौ जानका लागि अनलाइन टिकट बुकिङ्ग गर्न सुरु गरिएको बताए । उनका अनुसार केही समयपछि झापाबाट अन्य स्थानमा जानका लागि पनि बुकिङ्ग खुल्ला गरिने छ । अनलाइन टिकट बुक गर्दा विचौलियामा परेर बढी भाडा तिर्नु पर्ने बाध्यता हट्ने,आफ्नो मोबाइलबाटै टिकट बुकिङ्ग गर्न सकिने भएकाले पनि यो प्रभावकारी हुने नेपालको भनाई छ ।

सजिलो बस यात्रा नेपालकै पुर्ण अटोमेटिक अनलाईन बस टिकेटिङ्ग प्लेटफर्म हो जसको मद्दतबाट हामी सबैले घरै बसि बसि बसको टिकट काटेर आरामदायी यात्रा गर्न सकिने सञ्चालक नेपालले बताए । नेपाल सरकार आफैँले लामो दुरिको बस सेवालाई अनलाईन बनाउनुपर्छ भनिरहँदा २०७९ असोज १ गतेबाट नै सजिलो बस यात्राको औपचारिक सुभारम्भ भएको छ ।

सजिलो बस यात्राको सेवा लिनका निम्ति मोबाइलको गुगल प्लेस्टोरमा गएर सजिलो बस यात्रा एपलाई डाउन्लोड गर्नु पर्नेछ अथवा सजिलो बस यात्राको वेबसाइट https://sajilobusyatra.com/  गएर समेत यसको सुबिधा लिन सकिने बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *