Sajhamanch Archive

लक्ष्मी बहुउद्देश्यीय सहकारीको २२ औं साधारणसभा सम्पन्न : ३ करोड ६ लाख ५२ हजार शेयरपुँजी

Published: (Updated: ) in सहकारी by .

बिर्तामोड ।झापामा रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरीले दियोमा बातिबालेर कार्यक्रमको उद्घाटन गरिदिएका थिए ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले झापामा स्थापित सहकारीमध्ये दोस्रो जेठो संस्था लक्ष्मी बहुउद्देश्यीय सहकारीले उल्लेख्य प्रगति गरे पनि कारोबारको दृष्टिकोणले पछाडि सुरु भएका सहकारीभन्दा मन्द गतिमा अघि बढेकले हब सहकारीले सामाजिक गतिविधिलाई पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको सभापतित्वमा भएको उद्घाटन सत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, संस्थापक अध्यक्ष दिनेश मल्ल, पूर्व अध्यक्ष चन्द्रकुमार राजभण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार पाउँनेमा ८ जना उत्कृष्ट बचतकर्ता र ५ जना उत्कृष्ट ऋणीलाई २ हजार १०० नगद रहेको छ थियो ।

संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी आयुस्मा काफ्ले र सविन पराजुलीलाई प्रोत्साहन स्वरुप पुरस्कृत भए भने उत्कृष्ट कर्मचारीका रुपमा रेजिना पौडेल र इन्दिरा खड्का पुरस्कृत भएका छन्।

कार्यक्रममा अध्यक्ष बस्नेतले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले २८ प्रतिशतसम्म मुनाफा वितरण गर्न सफल भएको जानकारी दिए ।

५३ सालमा ३८ लाख रुपैयाँबाट शुरु भएको संस्थाको शेयरपुँजी बृद्धि भई हाल ३ करोड ६ लाख ५२ हजार ४०० रुपैयाँ पुगेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा

उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *