Sajhamanch Archive

आदिवासी जनजाति महासंघ झापाका नव निर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । नेपाल आदिबासी जनजाति महासंघले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई शिवसताक्षीको दूधेमा पदभार ग्रहण गरेका छन् ।

नेपाल जनजाति महासंघ झापाको ७ औं अघिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराइएको हो ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र बितरणका क्रममा नगर प्रमुख थोप्राले आदिवासी जनजाति महासंघको संस्थागत विकासको निम्ति नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग हुने बताए । उनले दुधेमा अवस्थित आदिवासी जनजाति महासंघको भवनलाई आवश्यक छलफल र कानूनी प्रकृया पुरा गरेर नगरपालिकाको तर्फबाट हस्तान्त्रण गरिने समेत जानकारी दिए ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठ र सचिव वीरेन मेचेले नव निर्वाचित अध्यक्ष पाण्डवलाल चौधरी र सचिव लक्षमण श्रेष्ठलाई बैठक पुस्तिका लगायत अन्य प्रशासनीक कक्षको तालाचावी हस्तान्त्ररण गरेका थिए ।

सो अवसरमा आदिवासी जनजाति महासंघका संस्थापक कृष्ण उदास, आदिवासी जनजाति पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापाका अग्रज पत्रकार दिपिन राई, आदिवासी जनजाति महासंघ शिबसताक्षीका अध्यक्ष धनबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाको ७औं जिल्ला अधिवेशनको निर्वाचन समितिका सदस्य तिलरुपा श्रेष्ठ, श्रीलाल चौधारी, जिल्ला समन्वय समिति झापाका पूर्व उपाध्यक्ष भीम मुखिया सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

झापाको बिर्तामोडमा सम्पन्न ७औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्षमा पाण्डवलाल चौधरी, उपाध्यक्षत्रयमा केवलराम राई, रोहित खवास र लिला थापा मगर छन् । त्यस्तैं, समितिको सचिवमा लक्षमण श्रेष्ठ, सह सचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलिप उराव छन् भने कोषाध्यक्षमा उदय गुरुङ निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *