Sajhamanch Archive

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत

Published: (Updated: ) in समाज, सहकारी by .

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा शमशेर बस्नेत निर्वाचित भएका छन् । शिवसताक्षी –२ धरमपुरको साना किसान कृषि सहकारी संस्थाको २३औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा बस्नेत निर्वाचित भएका छन् ।

बस्नेत लामो समयदेखि विद्यालयमा प्रधानाध्यापक र कृषि सहकारीमा आवद्ध अनुभवी व्यक्ति हुन्।

जसको उपाध्यक्ष तथा सदस्यहरुमा क्रमशः, हरिकुमारी खनाल ,खड्गबहादुर नेम्वाङ , तारादेवी सापकोटा ,विमला श्रेष्ठ ,निर्मला बाँस्कोटा,गंगाबहादुर राई,शिवकुमारी मैनाली,तुलसादेवी भट्टराई ,इन्दिरा थापा , हरिबहादुर न्यौपाने ,भक्तबहादुर पाण्डे र सुबास सापकोटा रहेका छन्।

त्यस्तै तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा क्रमशः संयोजक खेमराज दुलाल,सदस्यहरू चन्द्रकला मैनाली र हेमप्रसाद आचार्य निर्वाचित भएका छन् ।

शिवसताक्षी–२ धरमपुर स्वास्थ्य चौकी इन्चार्ज धनबहादुर दर्नालको प्रमुख आतिथ्य र संस्थाका उपाध्यक्ष खडानन्द घिमिरेको अध्यक्षतामा भएको थियो ।

कमलप्रसाद भट्टराईको संयोजकत्वमा कुलबहादुर बस्नेत र शान्तिराम भट्टराई रहेको तीन सदस्यीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गराएको हो ।

त्यसैगरी संस्थाको उद्घाटन सत्रको कार्यक्रम वक्ताहरुले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी अभियानलाई सार्थक बनाउन सहकारीकर्मीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा पनि गरे ।

साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा ७६२ महिला, १८२ पुरुष सहित कूल ९४४ शेयर सदस्य कायम भएको उल्लेख छ । संस्थामा ७ करोड ७८ लाख २६हजार ५ सय ७६ रुपैयाँको वासलात रहेको र ३४ लाख ८४ हजार ५ सय ५३ रुपैयाँ खुद नाफा रहेको जनाइएको छ ।

संस्थाको चिस्यान केन्द्रमा दुध उपलब्ध गराउने कृषक सदस्यहरुले व्यवसायिक रुपमा गाई, भैंसी पालन गर्ने माग गरेमा परियोजना हेरी ऋण प्रदान गर्ने ,किसानको पशुधन सुरक्षाका लागि पशु बीमाको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।त्यस्तै जेष्ठ शेयर सदस्यको सम्मान र मृत्यु भएमा मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने लगायतका लोककल्याणकारी कार्यक्रमलाई अघि बढाउने नीति लिएको छ ।
समिति सदस्य डम्बर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन भने संस्थाकी प्रवन्धक उमादेवी रिजालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *