Sajhamanch Archive

सताक्षीधामबाट बेवारिसे महिलाको उद्धार, माया घर नेपाल पठाइयो

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको एतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा गएको ७ दिनदेखि वेवासिरे अवस्थामा रहेकी एक महिलालाई माया घर नेपालमा पठाइएको छ । शिवसताक्षी नगरपालिका र इलाका प्रहरी कार्यालय झिलझिलेले संयुक्तरुपमा इटहरी स्थित माया घर नेपालमा पठाइएको हो ।

समाज रहेका मानसिक सन्तुलन गुमाएका वा बेसाहरा बनेका महिलाहरुलाई संरक्षणका रुपमा काम गर्दै आएको मायाघर नेपाललाई सम्पर्क गरी पठाएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले नगर भित्रका आएर वेवारिसे अवस्था रहेका जो कोहीलाई नगरपालिकाले आफ्नो जिम्मेवारीको रुपमा लिई माया घर नेपाललाई सम्पर्क गरेर पठाइएको बताइन् ।

सताक्षीधाममा सात दिन अघिदेखि मानसिक सन्तुलन गुमाएको जस्तो देखिने आफ्नो घर, ठेगाना नबताउने अन्दाजी ३० वर्षीय महिला बस्दै आएकी थिइन् ।

उनलाई सताक्षीधामका सन्तहरुले खाना खुवाइदै आश्रय दिएर राखेका थिए । उक्त महिलाको अभिभावक कोही पनि सम्पर्कमा नआएपछि नगरपालिकासँग समन्वय गरेर सो महिलाको उपचार व्यवस्थापनका लागि माया घर नेपाल पठाइएको इलाका प्रहरी कार्यालयप झिलझिलेका इन्चार्ज महेन्द्र खड्काले जानकारी दिए ।

खड्काका अनुसार उक्त महिलाको हातमा बबी अधिमरी लेखिएको छ । सो महिलाले आफ्नो नाम नबताएपनि उनको नाम बबी नै हुन सक्ने इचार्ज खड्काको भनाई छ ।

यस अघि पनि शिवसताक्षी नगरपालिका र इलाका प्रहरी कार्यालयले शिवसताक्षी १० दोमुखामा साङ्लोमा बाधिएकी महिलालाई उद्धार गरी माया घर नेपाल पठाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *