खुद्रा साकोसको साधारण सभा सम्पन्न, नाफा ४३ लाख बढी
Published:
by .शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ४३ लाख ८५ हजार बढी नाफा कमाएको छ ।
संस्थाले आज (सोमबार) १६ औं वार्षिक साधारण सभा गर्दै आ.व. २०७८÷०७९ मा ४३ खाल ८५ हजार ६५२ रुपैया नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको हो । संस्थाले शेयर रकममा १ करोड ९७ लाख ४० हजार १०० रकम पुर्याएको छ ।
त्यसैगरी जगेडाकोमा ९७ लाख ८८ हजार ४०६ रकम रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईंले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन बाचन गर्दै संस्थाले हालसम्म गरेका प्रगति र सामाजिक रुपमा गरेका कामहरुको चर्चा गरेका थिए ।
संस्थाले कार्यक्रममा पूर्व सञ्चालकहरु छविलाल पाठक, नन्दिकिशोर भट्टराई,सरीता ओली, रेणुका खतिवडा र कार्यविधि निर्माणमा सहयोग गर्ने जंग गिरी र पूर्व बजार प्रतिनिधिहरु विक्रम सुब्बा, आसिम बस्नेत र खेमप्रसाद खनाललाई सम्मान गरेको छ ।
त्यसैगरी सहकारी संस्थाका शेयर सदस्यका निजी तथा समुदायिक विद्यालयबाट २०७८ सालको एस इ इ परीक्षामा उत्कृष्ट जिपिए ल्याउने ४ जनालाई प्रशंसा पत्र प्रदान गरिएको छ । जसमा मल्लिका खनाल, अंकित ठाकुर, बेलिसा अधिकारी र दिपेश मिश्र रहेका छन् । त्यसैगरी संस्थाले साधारण सभाको अवसरमा असल बचत कर्ता उमानाथ दाहाल र डिल्ली राम भण्डारी र असल ऋण बुझाउने सदस्यको रुपमा चित्रकलाल गिरी र मिश्रादेवी वि.क.लाई पनि सम्मान गरेको हो ।
त्यसैगरी संस्थामा रहेका ज्येष्ठ सदस्यहरु बद्रीप्रसाद घिमिरे, रामप्रसाद तिम्सिना, विष्णु चापागाई र तारादेवी भण्डारीलाई पनि सम्मान गरेको थियो । उनीहरुलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरिएको हो ।
संस्थाको लेखा समितिको प्रतिवेदन संस्थाको लेखा समिति संयोजक गोविन्द काफ्लेले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।
Comments