नवदुर्गाको साधारण सभामा असल बचत कर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित
Published:
by .शिवसताक्षी । माता नवदुर्गा कृषि सहकारी संस्था लि। शिवसताक्षी –२ मंगलबारको ११ औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ।
संस्थाले हालसम्म ८ करोड ६७ लाख ८१हजार २ सय १५रुपैयाँ ९१ पैसाको वासलात रहेको र २२लाख १९ हजार १सय १८ रुपैयाँ २९पैसा खुद नाफा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा ३०५ महिला, २८३पुरुष सहित कूल ५८८ शेयर सदस्य कायम भएको उल्लेख छ । सहकारी संस्थामा ५ सय ८८जना शेयर सदस्यहरु छन् ।
कार्यक्रममा सो सहकारी संस्थाको अध्यक्ष मच्छिन्द्र सम्बाहाम्फेले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक डिल्लीराम न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसै संस्थाले साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी, खुत्रुके वचत कर्ता ,असल ऋणीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले सहकारीहरुले धेरै मात्रामा रोगगारीको अवसर सृजना गरेको बताए । उनले भने, शिवसताक्षी कै हकमा भन्ने हो भने, सयौ संख्यामा याहाँका नागरिकले कर्मचारी रुपमा काम गर्न पाएका छन् । वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरुले आर्थिक पारदर्शीतालाई मुख्य रुपमा लिएर काम गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा सतासीदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष भरतकुमारी बस्नेत ,शिवसताक्षी(२ का वडा सचिव खेमराज दुलाल र साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष हरिकुमारी खनालले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको उद्घाटन सत्रको कार्यक्रममा वक्ताहरुले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । यो सहकारी छोटो समयावधिमै प्रगतिको शिखरमा पुग्न सफल भएको वक्ताहरूले विचार राखे ।
स्वागत मन्तव्य संचालक समिति सदस्य गंगा न्यौपाने विष्टले राखेकी कार्यक्रमको संचालन व्यवस्थापक यामकुमार गौतमले गरेका थिए ।
Comments