Sajhamanch Archive

निर्वाचन आचारसंहिता आज मध्यरातबाट लागू हुने

Published: (Updated: ) in विविधा by .

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए। आयोगले गत भदौ १३ गते आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो।

स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ ।

आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *