Sajhamanch Archive

नेकपाको बैठक बस्दै

Published: in राजनीति by .

काठमाडौं । प्रदेश पदाधिकारी चयन र सरकारको कामकारबाहीलाई लिएर पार्टीभित्र असन्तुष्टि चर्किरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा असन्तुष्टिका विषयमा छलफल हुने बताइएको छ ।

सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ ।

शीर्ष नेताहरुले नै सार्वजनिक रुपमै असन्तोष व्यक्त गरेपछि आज बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुने बताइएको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *