शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ
Published: (Updated: )
by .मेचीनगर । नजिकदै गरेको चाडपर्व भयरहित वातावरणमा मनाउन मेचीनगर नगरपालिकाले आम नगरवासीमा आग्रह गरेको छ ।
आइतबार नगरपालिकाले आफ्नै सभाकक्षमा आयोजनाको गरेको सर्वपक्षिय छलफलमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले कुनै पनि अपराध गर्ने अपराधि कुनै राजनीतिक दल वा संगठनको हुन नसक्ने भन्दै कसैले कानुन विपरीत काम गरेको छ भने उस्लाई कसैले बचाउने होइन कानुन बमोजिम कारवाही गर्न सुरक्षा निकायलाई सुझाँव दिए । सदस्य मैनालीले भने—‘हिजो सम्म यो देशको शासन कसरी चल्यो थाहा छैन अब शासन व्यक्तिको होइन विधिको हुनुपर्छ ।’
नेपाल प्रवेशको यो मुख्यःद्वार भएकाले यो नाका भएर नेपाल भित्रिने जो कोहीलाई पनि राम्रो व्यवहार गरेर मेचीनगरवासीको पहिचान दिन सवैमा सदस्य मैनालीले आग्रह गरे । होटल, यातायात, अस्पताल, ट्राभललगायत अन्य व्यवसायीहरुले एजेण्ट राखेर गेटमै यात्रु तान्न पुग्ने गरेको गुनासो बढी रहेकाले त्यसलाई रोक्न स्थानीय प्रशासनलाई सदस्य मैनालीले भनेका छन् । ‘पक्रेर ल्याउनुहोस’ मैनालीले भने—‘जस्ले जस्तो प्रकारको अपराध गरेको छ उस्तै सजाय पाउछ ।’ काँकरभिट्टमा झोलामा भारतीय रकम बोकेर बसका पछि कुद्ने फेसन झै छ त्यसलाई नियन्त्रण गर्न समेत उनले स्थानीय प्रशासनलाई भनेका छन् । आपराधिक घटनामा संलग्न जो कसैलाई पनि राजनीतिक दलको संरक्षण नहुँने उनको भनाई थियो ।
नगरप्रमुख विमल आचार्यले चाडपर्वलाई मर्यादित र व्यवस्थित गरी एक आपसमा खुशीयाली आदान प्रदान गर्दै मनाउन सवैमा आग्रह गरे । विभिन्न कामको खोजीमा विदेशिएकाहरु चाडपर्वमा घर फर्किने हुँदा उनीहरु बाटैमा लुटिने, ठगिने तथा उनीहरुलाई आतंकित पार्दै चोरीका घटना पनि हुने गरेको भन्दैृ प्रमुख आचार्यले यस्ता घटना हुन नदिन नेपाल प्रहरीले भारतीय समक्षीहरुसँग छलफल गरेर भयरहित र शान्तिपूर्णरुपमा उनीहरुलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्न समेत भूमिका खेल्नुपर्ने प्रमुख आचार्यले धारणा राखेका थिए ।
नगरका १५ वटै वडाका वडाध्यक्षहरुको उपस्थितीमा मातहतका प्रहरी यूनिटका प्रमुखहरुसहित सर्वपक्षिय छलफल गरी चाडपर्वका बहनामा हुने आपराधिक गतिविधी रोक्न स्थानीय सरकारको हैसियतले पूर्ण सहयोग गर्न सवै वडाका जनप्रतिनिधिहरुलाई नगरप्रमुख आचार्यले भनेका छन् । चाडपर्वमा कुनै प्रकारका घटना अकास्मत हुन सक्ने भन्दै यसका लागि नगरमा रहेका वारुणयन्त्रदेखि जनशक्ति समेत तयारी अवस्थामा राख्ने उनको भनाई थियो । नगरका ११,१२,१३ र १४ वडामा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरु साँझ ९ बजे बन्द गर्ने सहमति भएको समबनिधत वडाका जनप्रतिनिधिहरुले जानकारी गराएका थिए ।
छलफलमा पर्यटकलाई लक्षित गरी सञ्चालन गरीएका होटल साँझ ९ र अन्य होटल व्यवसाय सााझ ८ बजे बन्द गर्ने सहमति भएको छ । उपप्रमुख मिना पोखरेल उप्रेतीले अनुगमनका क्रममा अहिले बजारमा अखाद्य वस्तु फेला पर्ने गरेकाले यसतर्फ सजक रहन तथा खाद्य वस्तु खरिद गर्दा एक पटक विचार पुर्याउन नगरवासीलाई आग्रह गरीन ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले घरायसी प्रयोजनका लागि ल्याइएका सामाग्रमिा कुनै पनि कडाई नगरेको बताए । तर, कसैले व्यवसायिकरुपमा ल्याउछ भने पक्राउ गर्ने उनले प्रष्ट पारे ।
चाडपर्वमा हुने अत्यधिक खर्च, मनोरञ्जनका नाममा खेलिने विभिन्न दाउजन्य खेलहरु तथा मादक पदार्थको सेवन जस्ता विकृत गतिविधिले सामाजिक परिवेशमा सुरक्षा चुनौती थपिने गरेको स्थानीय प्रशासनको भनाई छ । अन्य बेलाको तुलनामाभन्दा चाडपर्वमा आपराधिक गतिविधि र सवारी दुघर्टनालगायतका घटनालाई कम गर्न प्रहरीले चेकजाँचलाई समेत कडा पारेको, चाडपर्वका नाममा मदिरा खाएर बेहोस हुने र जुवा खेलेर क्षणभरमा सम्पत्ति स्वाहा पार्ने कामलाई निरुत्साहित गर्न प्रहरी सक्रिय रुपमा लागेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अमतलाल माझीले जानकारी गराएका थिए । समाजमा हुने अपराध नियन्त्रणमा स्थानीयको पनि उत्तिकै भूमिका रहने हुँदा विनावर्दीको प्रहरी सम्झेर स्थानीयले वर्दीका प्रहरीलाई सहयोग गर्न इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले आग्रह गरे ।
सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिव प्रसाईले चाडपर्वका नाममा सर्वसाधारण नठगिउन भनेर यात्रु सहायता कक्षको स्थापना गरेको जानकारी दिए । कहि कतै अपरिचत मानिसले आफुमाथि कुनै गतिविधी गरे तत्काल प्रहरीलाई खवर गर्न आग्रह गर्दै सवैको सम्पर्क नम्वार सहायता कक्षमा राखिएको बताए ।
अन्य सहभागीहरुले जासजुवालगायत अन्य जुवाजन्य खेल, डाइसलगायतका खेलमा पुरै प्रहरीले प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । धुलावारीक्षेत्रमा पार्किङ्गको उचित व्यवस्था मिलाउन समेत सहभागीको जोड थियो । चाडपर्वका नाममा हुने विकृतिविसंगति अन्त्यका लागि मेचीनगरका सवै राजनीतिक दल, संघ संस्थाउद्योगी व्यवसायीहरुले प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कानूनले बर्जित गरेका गतिविधी पूर्णरुपमा नियन्त्रण गर्न प्रहरी लागनु पर्ने र यसमा नगरका सवै राजनिितक दल, संघ संस्थाको सहयोग हुने सहभागीहरुको भनाई थियो । भेलाले देउसी भैलोका नाममा हुने विकृतिलाई पनि नियन्त्रण गर्ने भन्र्दै यसलाई मर्यादित बनाउन सवैमा आग्रह गरेको छ ।
छलफलमा वडानम्बर २ का वडाध्यक्ष तीलक न्यौपाने, ५ का योगेन्द्र थापा, ६ का ललितबहादुर तामाङ, ९ का गोपाल खड्का १२ का नरेन्द्र धिमाल, १३ का कृष्णप्रसाद सिग्देल १४ का शंकरप्रसाद पोखरेल, नेकपाका देवकुमार राई, खेमराज पोखरेल, प्रकाश भण्डारी , प्रल्हादमणि ओली नेपाली काँग्रसका १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती संघीय समाजवादी फोरमका ओमप्रकाश खापङ्गु राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
Comments