Sajhamanch Archive

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि ७ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी दर्ता

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि २० जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि समा सदस्यका लागि ७ जना स्वतन्त्र सहित १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन कार्यालय क्षेत्र नं. ४ ले जनाएको छ ।

जसमा नेकपा एमालेबाट लालप्रसाद साँवा, नेपाली कांग्रेसबाट देउमान थेवे, हाम्रो नेपालीपार्टीबाट युक्तप्रसाद भेटवाल, लोकतान्त्रिक समाजबादी पार्टीबाट ग्यासुदिन मिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट प्रसाद राजवंशीले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट लाहानसिंह तुम्बापो, मंगोल नेश्नल अर्गानाइजेसनबाट दिलिप धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु प्रसाद ढकाल र राष्ट्रिय जनमुक्ती पार्टीबाट मनकुमार मादेन लिम्बुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

जनमत पार्टीबाट सत्य नारायण राजवंशी, नेपाली कांग्रेस विपीबाट दुर्गाप्रसाद घिमिरे, नेपाल मजदुर किसान पार्टीबाट विक्रम कासिछवाले, जनता समाजवादी पार्टी नेपालबाट हर्कराज राई, उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्रबाट ख्याम नेपाल, खुश्बु ओली, नन्दराज राई, लक्ष्मी नारायण खनाल, किरण श्रेष्ठ, पूर्णकुमार फेजेङ लिम्बु, कमल बहादुर पौड्यालले उम्मेद्वारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।

झापा क्षेत्र नं. ४ (क) मा १० र (ख)मा १३ जनाको उम्मेद्वारी दर्ता

त्यस्तै झापा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यका लागि १० जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेबाट राधाकृष्ण खनाल, नेकपा माओवादीबाट झलक बहादुर मगर, जनमत पार्टीबाट गोन्धा ताजपुरिया, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उमानाथ दमाई, मंगोल नेश्नल अर्गानाइजेसनबाट भरत राई, हाम्रो नेपाली पार्टीबाट होमप्रसाद गौतम, राष्टिय जनमुक्ति पार्टीबाट संगीना नेम्वाङ्ग मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रबाट शान्तिराम न्यौपाने, मेहरमान बस्नेत, रमेश प्रसाद आचार्यले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै प्रदेश (ख) मा १३ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट एकराज उप्रेती, लोकतान्त्रिक समाजवादी पार्टीबाट राजकुमार राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट स्वामीप्रसाद लिम्बु, मौलिक जोरकिलो पार्टीबाट उमाकान्त सिटौला, नेकपा माक्सबादी पुष्पलालबाट टेकबहादुर अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट भक्तिप्रसाद सिटौला, जनमत पार्टीबाट देवान टड, हाम्रो नेपाली पार्टीबाट केशब बजगाई, राष्ट्रिय जनमुक्ती पार्टीबाट मंगलसिंह सम्मेखाम, मंगोल नेश्नल अर्गानाइजेसनबाट अम्बिका बहादुर तामाङ्गले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्ते स्वतन्त्रबाट भरतकुमार श्रेष्ठ, जयप्रसाद चम्लााई, केहरसिंह बस्नेतले मनोनयन दर्ता गराएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *