Sajhamanch Archive

शिवसताक्षी ८ का बृद्ध बृद्धालाई झापाका प्रशिद्ध तीर्थ स्थलहरुको भ्रमण गराइने

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का बृद्ध झापा तीर्थस्थलहरुको भ्रमण गराइने भएको छ। नेपाल विश्व हिन्दु महासंघ झापा र स्थानीय सतासी फ्रेण्डसीप युनिटको संयुक्त आयोजनामा बृद्ध बृद्धाको सम्मान स्वरुप तीर्थ स्थलको भ्रमण गराइने भएको हो ।

शिवसताक्षीको झिलझिलेमा शनिबार पत्रकार सम्मेलन गरी वडाका ७० वर्ष माथिका बृद्ध बृद्धालाई झापाको पाउ पाथिभरा, अर्जुनधारा, किचकबध भ्रमण गराई सताक्षीधाम सम्मान गरिने कार्यक्रम रहेको जानकारी गराइएको हो । कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ झापाका अध्यक्ष शिवप्रसाद रेग्मीले आउँदो कार्तिक ५ गते आफ्नो एकल खर्चमा बृद्ध बृद्धालाई तीर्थस्थल भ्रमण गराई सम्मान गरिने कार्यक्रम रहेको बताए । उनले बृद्ध माता पिता भनेका भगवान सहर भएकाले नगर भित्र रहेका नागरिकहरुले आफ्ना माता पिता गुमाई सक्नु भएको छ भने, ज्येष्ठ बृद्धा बृद्धाहरुको सम्मान स्वरुप धार्मिक क्षेत्र सताक्षीधाममा गरिने कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

बृद्ध बृद्धाबाट समाजले संस्कृतिको जर्गेन गर्ने, बालबालिकाले धर्म, सम्यता र अगाडीका पुस्ताहरुको अनुसरण गर्ने र धार्मिक, अनुशासित र सभ्य समाज निर्माणका लागि बृद्ध बृद्धाको ठूलो भूमिका रहने उनको भनाई थियो । हामीलाई उहाँहरुले जन्म दिएर लगाएको गुन विर्सन नहुने अध्यक्ष रेग्मीले बताए । तीर्थ स्थल भ्रमणका लागि करिब ७० हजार खर्चको अनुमान गरिएको बताइएको छ।
कार्यक्रममा सतासी फ्रेण्डसीप युनिट पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो । ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *