Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, आइतबार झिलझिले बजार अनुगमन

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा आतइबार झिलझिले बजारको अनुगमन गरेको छ । नगरले दशै अगाडि देखि नै बजार अनगमनलाई निरन्तरत दिने क्रममा आज शिवसताक्षीको झिलझिले बजार अनुगमन गरेको हो । अनुगमन सँगसँगै नगरले म्याद गुज्रिएका खाद्य बस्तु विक्री वितरणमा थप कडाई गर्दै आएको छ।

आन्तरिक राजश्व कार्यालय र नगरपालिकालेमा दर्ता, नवितरण नगरिकन व्यवसाय सञ्चालन गरेको, अखाद्य बस्तु विक्रीवितरण गरेको जनगुनासो बढेपछि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको नगरपालिकाकी उप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । हामीले थप कडाई गरेका छौ । पहिलो पटक मापदण्ड विपरित सञ्चालन भएका पसलहरुलाई सहज गरेका छौ । उपप्रमुख कार्कीले भनिन् , अब चाड पर्व सकिए लगत्तै नापतौल विभाग र आन्तरिक राजश्व कार्यालयको प्रतिनिधि सहित छड्के अनुगमन गरिने छ।

अनुगमनका क्रममा खाद्यान्न पसल, फलफुल पसल, होटल तथा चिया पसल, बेकरी उद्योगको अनुगमनमा देखिएका कमजोरीप्रति आवश्यक कारबाही सहित सचेत गराएको थियो ।

झिलझिले बजारका केही पसलहरु दर्ता नविकरण नगरी सञ्चालन गरिएको पाइएको नगरका राजश्व विभाग प्रमुख बद्री दाहालले जानकारी दिए । त्यस्ता पसलहरुलाई ७ दिन भित्रमा दर्ता तथा नविकरण गर्न सुझाएको उनको भनाई छ ।

अनुगमनमा शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, इलाका प्रहरी कार्यालय झिलझिले, उद्योग वाणिज्य संघ, नगरको स्वास्थ्य शाखा , राजस्व शाखा, जनप्रतिनिधि, गर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *