Sajhamanch Archive

झापा क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार पोखरेल को हुन् ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by .

चन्द्रगढी । झापा निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा हिराप्रसाद पोख्रेलले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा जेब्रा चुनाव चिन्ह लिएर प्रदेश सभाका सदस्यका लागि चुनावमा होमिएका छन् ।

दलहरुको प्रतिश्पर्धा चलिरहेका बेला उनले प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएर आम प्रदेश बासी नागरिकको मन जितेर मत आफ्नो पक्षमा पार्न कमर कसेर लागेका छन् । पछिल्लो समय देखिएको चरम भ्रष्टचार, विकास निर्माणको काममा बेतिथि, ढिलासुस्ती, गुणस्तहीन विकासका विरुद्ध आफ्नो उमेद्वारी दिएका छन् ।

विकासका नाममा हुने गरेको चरम भ्रष्टचारको अन्त्य गर्दै, स्वच्छ प्रतिश्पर्धा, गुणस्तरीय, दिर्घकालिन विकास गर्न आफुले उम्मेद्वारी दिएको हिरा पोखरेल बताउँछन् ।

को हुन्, हिरा पोखरेल

वि.सं. २०२२ साल कार्तिक २१ बुबा कृष्णप्रसाद पोखरेल र आमा भीमकुमारी पोखरेलको कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका पोखरेल झापाको साविक चन्द्रगडी ५ तथा हालको भद्रपुर ९ का स्थानीय बासी हुन् । उनले मेची क्याम्पस भद्रपुरबाट स्नातक तहसम्मको अध्ययन पुरा गरी २०३५/०३६ को विद्यार्थी आन्दोलनदेखि राजीनिक यात्रा सुरु गरेका थिए । पञ्चायती कालमा दर्जनौ झुटा सावर्जनिक अपराधका मुद्दाहरु झेल्दै प्रहरी हिरासदमा अमानविय यातना समेत भोगेका व्यक्ति हुन् ।

वि.सं. २०३५ सालमा नेरास्ववियु चन्द्रगढी प्रारम्भिक कमिटी अध्यक्ष, २०३६ मा पार्टी एक्टिभ रुपमा आबद्ध, २०४१/४२ मेची क्याम्पस प्ररम्भिक कमिटी सदस्य, २०४३/४४सालमा मेची क्याम्पस प्रराम्भिक कमिटी अध्यक्ष, वि.स. ०४५–४९ चैत्र १४ सम्म मेची क्याम्पस स्ववियु सचिब र अनेरास्ववियु झापा अध्यक्ष भई तत्कलिन समयमा सफलता पूर्वक कमिटी हाँकेका हक्की स्वभावका व्यक्तिका रुपमा आफुलाई परिचित गराएका थिए ।

उनले वि.सं. २०४६ नेकपा मालेको सदस्य, २०४९ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ झापा अध्यक्ष, २०४९ सालमा झापा चन्द्रगढी गाविस वडा नं ५ को निर्वाचित वडाध्यक्ष भई वडा विकासमा उल्लेखनीय काम गरेका थिए । त्यस्तै वि.सं. ०४९–०५९ मध्यस्थता (मुद्दा मेलमिलाप समिति चन्द्रगढीको अध्यक्ष), वि.सं.२०४९–२०५९ सम्म नेकपा एमाले चन्द्रगढी सचिव, वि.सं. २०४९ देखि चन्द्रगढी सामुदायिक वन उपाभोक्ता समिति हस्तान्तरण गर्ने प्रयत्न गरि २८ बर्ष सम्म वनसंरक्षण क्षेत्रमा काम गरेका थिए ।

वि.सं २०५४–२०५९ झापा जिविस इलाका नं ७ को सदस्य, २०६३ नेकपा एमाले जिल्ला कमिटि सदस्य, वि.सं. २०६४ मा नेकपा एमाले क्षेत्रीय कमिटि सचिव, वि.स. २०६८ मा नेकपा एमाले झापा क्षेत्र नं २ अध्यक्ष, वि.स. २०७२ मा नेकपा एमाले जिल्ला कमिटि सदस्य थिए । चन्द्रगढी सामुदायिक बन उपाभोक्ता समितिमा सदस्य, बरिष्ठ उपाध्यक्ष, सल्लाहकार हुँदै २०७४–७८ सम्म अध्यक्ष भई काम गरेका थिए ।

वि.सं.२०७६ सालदेखि राजनीतिक जीवनबाट विश्राम लिई स्वतन्त्र भई सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै बिरेन्द्र नमुना क्याम्पस व्यवस्थापन समिति सदस्य, लेखा समिति संयोजक, नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालक सदस्य तथा भद्रपुर केचना क्षेत्रीय संयोजक, वि.सं. २०६० देखि सर्पदंश उपचार केन्द्र चारआलीको सदस्यमा रही काम गरेको अनुभव समेत रहेको उनका नजिकका साथी भाई बताउँछन् ।

पछल्लो समय बैज्ञानिक बन व्यवस्थापन उपाभोक्ता महासंघ नेपाल, झापा अध्यक्ष, बैज्ञानिक बन व्यवस्थापन उपाभोक्ता महासंघ नेपाल, प्रदेश नं १ को सदस्य, लेखनाथ पुस्तकालयका सल्लाहकार, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, देवकोटा स्मारक तथा संरक्षण समिति सल्लाहकार, पारिजात प्रतिभा तथा उद्यान निर्माण समिति सदस्य, कृष्ण प्र बि सल्लाहकार, एकता मूल कृषक समूह सल्लाहकार, पानी पोखरेल कुल बंश प्रतिष्ठानका केन्द्रीय महासचिव र श्री दुर्गा मन्दिर भद्रपुर ९ संरक्षकको रुपमा रही समाज सेवामा क्रिायाशिल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *