Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा नागरिक सहयता कक्ष स्थापना, सेवा ग्राहीलाई प्रकृयागत झन्झट नहुने

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाल नागरिक सहायता कक्षको स्थापना गरेको छ। नगरपालिकाले नगरमा आउने सेवा ग्राहीलाई सहजहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले उपप्रमुख नरमाया कार्कीले नागरिक सहयता कक्षबाट काम सुरु गरेका छन् । हेल्प डेक्समा कर्मचारी व्यवस्थापन गरी नगरपालिकामा आउने विभिन्न कामहरुको सहजीकरण गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए ।

नगरपालिकामा आउने सेवाग्राही आफ्नो काम कुन फाँटबाट गराउने, कामका लागि के–के कागजपत्र आवश्यक हुने भन्ने नबुझ्दा काममा ढिलासुस्ती र एउटा कामका लागि दुई वा तीन पटक सम्म नगरपालिकामा धाउनु पर्ने गुनासो आएपछि हेल्प डेक्सको व्यवस्था गरिएको बताए । यसले नगरमा आउने सेवा ग्राहीले छिटै सेवा पाउने पनि अपेक्षा गरिएको छ ।

नगरमा आउने सेवा ग्राहीहहरुको काम कुन कुन शाखामा सम्बन्धित हो । त्यसमा नागरिक कक्षले सहजीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । जसले कर्मचारीलाई काम गर्न सजिलो र सेवा ग्राहीले समयमै सेवा पाउनेमा उनको भनाई छ ।
नागरिक सहयता कक्षमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिई मात्र कामको जिम्मेवारी दिने नगरपालिकाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *