भ्यू टावरको उचाइसँगै उठेको स्थानीयको जीवन
Published: (Updated: )
by .झापा । पर्यटकीय तथा व्यवसायिक प्रयोजनकालागि सबैभन्दा नेपालमा नै पहिलो अग्लो दमकभ्यू टावरकङ्क्रिटले निर्माण गरिने १८ तलाको काम सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दमक न.पा ३ स्थित दोपगाछीमा अन्तराष्ट्रिय स्तरको करिव १०० मिटर भन्दा अग्लो २५ तल्लाको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर भ्यू टावर निर्माण गरिएकोे छ । कुल ५ बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यू टावर अन्तरािष्ट्रय स्तरको हुने जनाइएको छ । टावरको १८तल्ला सम्म पक्की संरचनाबन्ने छ ।जसको काम सम्पन्न भएको छ । यस माथि थप ७ तल्लाको स्टिलको संरचना बन्ने छ ।
भ्यू टावर निर्माणको तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भुपेन्द्र यादवका अनुसार भ्यू टावर निर्माणको काम सँगै आन्तरिक एसी, बक्ती, केवुल, सिललिङ, वेयरिङको काम समेत एकै साथ भइरहेको छ । ईन्जिनियर यादवका अनुसार भ्यू टावरको डिपिआर अनुसार मुख्य भवनमा अण्डर ग्राउण्ड पार्किङ सहित बिभिन्न आधुनिक सभ्यता सुहाउदो आर्कर्षक साज सज्जाका साथको व्यवसाय सञ्चालन गरिने छ । यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमता सहितको पार्किङ स्थलरहेको छ जसमध्ये ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाईल पार्किङ गर्न सकिने छ ।
टावरमा जसमा पहिलो तलादेखि चौथो तलासम्म बिभिन्न खुद्रा बिक्रीका भब्य पसल रहने छन् । त्यस्तै पाँचौ तलामा आधुनिक अन्तराष्ट्रिय स्तरको सेमिनर हल रहने छ । छैटौँ देखि आठौँ तलासम्म वैँक बिक्तीय सस्थाका कार्यालय तथा ठुला थोक ब्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको नौँतला देखि ११ औँ तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हल लगायतको प्रयोजना रहने छ । १२औँ देखि १५ औँ तलासम्म होटल, रेष्टुरेन्ट, एण्ड वार सञ्चालन गरिने छ । १६औँ र १७आँै तलालाई भ्यू टेकको रुपमा (दृश्य अवलोकन गर्ने रुपमा बिकास गरिने जनाइएको छ ।
यस वाहेक बिभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ड, भिआईपी कार्यालय लगायत हुने छन् । दमकभ्यू टावर मात्र १० कट्ठा क्षेत्रफल भरीमा बनेकोे छ भने बाँकी क्षेत्रमा अन्य संरचना निर्माण गरिदैछ ।
यावदका अनुसार भ्यू टावर बाहेक यहाँबाल उद्यान सर्व साधारणका लागि घुम्न आकर्षक बगैँचा सहितको पार्क निर्माण गरिदैछ । यहाँ मानिसले सबै तनाव बिर्सिएर केही सयम आनन्दलिन सक्ने परिकल्पना गरिएको छ । यो कम्पाउण्ड भित्रएउटा पानीको फोहोरा सहितको पानी पोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरीपरि आगन्तुक कालागी बस्ने बिश्राम स्थलप ्रतिक्षालय समेत निर्माण हुने छन् ।
भ्यू टावर निर्माणमा ठुलो भोल्टेजको बिद्युत आवश्यक पर्ने भएकाले ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुँने दमक स्थित बिद्युत प्राधिकरणले जनाएको छ । तत्कालकालागि खाने पानी बोरिङ गरेर नै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।
नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भूटावरको १८ औँ तला निर्माण भइसक्दा सञ्चालन आउनु अघि नै यस क्षेत्रमा बिभिन्न स्थानमाबाट आउने पर्यटकको घुइचो लाग्न थालेको छ । स्थानीयलाई उत्साहित समेत बनाएको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडीलाई अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी हुनु हुन्छ । श्रीमान बिदेशमा कमाउन जानु भएको ३० औँ बर्ष भयो वेपत्ता हुनु भएको छ ।
घर भएको स्थानमा डेढ कठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सधै चिन्तालाग्थ्योृ तर अब घर अगाडी २५ तल्लाको टावर निर्माण भएपछि सानो तिनो होटल वापसल नै गरेर पनिखान सकिने उहाँले बताउनु भयो । उहाँ जस्तै यो क्षेत्रक ाबासिन्दालाई यो बिकासले गाउँको मुहार फेरिने भएपछि उत्साहित बनाएको छ । पहिला खेतीपाति गरेर जिविका निर्वाह गर्दै आएका थियौँ तर अहिले घरमा पसल चल्न थालेको स्थानीयको भनाई छ ।
भ्यू टावर निर्माणका लागि काठमाडौको जेटसीजी आइजीसी आशिष् ाओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामा निर्माणको सम्झौता भएको थियो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारले निर्माण गरेको दमकभ्यू टावरको उचाइसँगै यो क्षेत्रको बिकास परिचयको उचाइ समेत बढाएको छ ।
Comments