फोहोरको दिगो व्यवस्थापन हुनुपर्नेमा झापा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेको जोड
Published: (Updated: )
by .विर्तामोड । फोहोरको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट बैज्ञानिक खालको बनाउनु पर्नेमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले जोड दिएका छन् ।
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा बिर्तामोड नगर सरसफाई अभियानलाई सम्वोधन गर्ने क्रममा उनले निर्वाचनको निजिकियो भनेर फाहारमै बस्न नसकिने बताउँदै कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि नविकरर्णीय उर्जा प्लान्टको माध्यमबाट दिगो समाधानको बाटो खोजेको बताए ।
बिर्तामोडको पूर्वी क्षेत्र बुट्टाबारी छेउदेखि नै महेन्द्र राजमार्गका दुवै भागमा देखिने फोहोरको डंगुरले त्यस क्षेत्रमा हिडिनसक्नु भएपछि नगरपालिकाको सहजीकरणमा यो अभियानमा युवा जुटेको बिर्तामोड नगरपालिका वडा नम्वर ४ एमालेका नगर कमिटीका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नगरपालिकाका जनप्रतिनिधिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । त्यस क्षेत्रबाट ८ ट्रयाक्टर फोहोर उठाइएको बिर्तामोड नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा जनप्रतिनिधिलाई बदनाम गराउन फोहोर फालेर त्यही स्थानमा फोटो खिचेर सोसल मिडियामा पोष्ट गरेको पाइएको बताउँदै, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अर्जुनधारा नगरपालिकासंग समन्वय गरि बिर्तामोड नगरपालिकाले लाइट र नाइटभिजन सिसि क्यामरा जडान गर्ने योजना बनाएको जानकारी दिए ।
नगर सरसफाई गर्ने दायित्व नगरपालिकाको टाउकोमा हालिदिएर नागरिक समाज भाग्न नमिल्ने भएकाले नेकपा एमालेले बेला बेला यस किसिमको अभियानमा जोडिँदै आएको नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।
Comments