आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुनेः क्षेत्र नं. २का उम्मेद्वार घिमिरे
Published: (Updated: )
by .बुद्धशान्ति । नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताए छन् ।
बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै नेकपा एमाले र राप्रपा नेपालबिच तालमेल भएको बताए ।
घिमिरेले स्वार्थ पूर्तिका लागि गरिएको गठबन्धन र राष्ट्रहितका लागि गरिएको तालमेललाई जनताले राम्ररी बुझेको धारण राखेका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज घिमिरेले निर्वाचनबाट भ्रष्टाचारी दलालहरुको भण्डाफोर हुने र समृद्ध नेपाल शुखि नेपालीको परिकल्पना साकार हुने बताए ।
उनले राष्ट्रको हितमा सधैं एकबद्ध भएको नेकपा एमालेले मात्रै मुलुकलाई सहि मार्ग निर्देश गर्न सक्ने धारण समेत राखेका थिए ।
उनले सिंगो मुलुकको हितकालागि नेकपा एमाले र राप्रपा नेपालको तालमेलबाट निर्वाचनमा उठेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।
Comments