Sajhamanch Archive

चिन्तनको प्रतिबद्धता, जनमतको विश्वासघात गरिने छैन

Published: (Updated: ) in राजनीति by .

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताए ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटि सचिव समेत रहनुभएका पाठकले राष्ट्रहितका लागि एमाले र राप्रपा संयुक्त अभियानमा जुटेको बताए ।

उनले समृद्ध नेपालकालागि नेकपा एमालेको सरकारले गरेका कामहरु जनताले प्रस्ट बुझेको धारण राखेका थिए । नेता पाठकले मुलुक निर्माणमा एमाले सरकारले गरेका कामहरु शिर ठाडो पारेर गर्वले भन्न सक्ने अवस्थाको सिजर्ना भएको बताए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन अपवित्र भएको भन्दै उनले मुलुकलाई भलखाडोमा लागिरहेको बताए । राष्ट्रसिहतकालागि जनताले गठबन्धनलाई चुनावबाटै परास्त गराउने उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *