Sajhamanch Archive

प्रतिनिधि सभाका उम्मेद्वार साँवाद्वारा चुनावी घरदैलोमा तिब्रता, एमालेको सरकारको विकल्प नरहेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी सावाँ लिम्बूले जनताको घर–दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

साँवा मंगलबार झापा गाउँपालिकाको वडा नं. ४ र वडा ५ का मतदाताहरुलाई आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै भेटघाटमा रहेका छन् ।

२०७४ सालको चुनावमा एमालेले सरकार बनाएपनि थोरै समयमात्र काम गर्न पाउँदा आफुले बनाएका योजना र सुरु गरेका कामहरु अपुरो भएको बताए । झापा क्षेत्र नं. ४ को समग्र विकासका कामहरुलाई पुरा गरी दिर्घकालिन रुपमा यहाँका जनताको जीवन स्तर उकास्ने लक्ष्यका साथ फेरी पनि आफुले उम्मेद्वारी दिएको उनको भनाई छ।

परमादेशबाट बनेको गठबन्धन सरकारले पछिल्लो समय कुनै पनि काम गर्न नसकी एमालेको मात्रै विरोधमा उत्रिएको उनले बताए । उनले भने, नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको सर्व वितिदै छ । तर गठबन्धन सरकार आएपछि देशव्यापी रुपमा सुरु भएको विकासक्रम ठप्प छ । त्यसैले पनि आगामी मंसिर ४ गतेको चुनाव एमालेको बहुमत आवश्यक भएको उम्मेद्वार साँवाले बताए ।

सावाँ नेकपा एमालेका प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । अघिल्लो २०७४ सालको निर्वाचनमा समेत १६ हजार बढी मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका सावाँ यस पटक पनि उनै थेबे सँग चुनावी भिडन्तमा उत्रेका छन् । झापा,कनकाई,शिवसताक्षी,गौरादह र गौरिगञ्जका जम्मा २८ वटा वडा झापा क्षेत्र नम्बर ४ मा पर्दछन।

सावाँ सहितको टिमले समृद्ध नेपाल र सुखी नेपाली एमालेकै सरकारमा मात्र सम्भव रहेको भन्दै जनताको घर  दैलोमा एमाले सरकारले अहिले सम्म गरेका उपलब्धीको रक्षा गर्न सुर्यमा मतदान गर्नुको विकल्प नरहेको प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *