मंसिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली
Published: (Updated: )
by .झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओर्ली ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् । नेकपा एमालेको पक्षमा जनलहर देखेर गठबन्धन अतालिएको छ ।
बुधबार झापको दमकमाएमाले र राप्रपाको संयुक्त निर्वाचन अभियान अभिमुखी कार्यक्रममा सम्बोधन गर्दै अव एमालले राप्रपासँग समेत चुनावी तालमेल गरेकाले अब एमालेले बहुमत ल्याएर अन्य चुनावी सहयात्री दलको सहभागितामा सरकार गठन गरिने अध्यक्ष ओलीले बताए ।
सत्तामा रहेको गठवन्धन सरकारको जनादेशको सरकारलाई सडषयन्त्र पूर्वक ढालेर अदालतको परमादेश आदेशबाट गठन गरेकाले जनतासँग कुनै प्रकारको पनि जवाफदेहिता रहँदैन त्यसैले मिलिजुली ठगी गरेर देशमा लुट मच्चाइरहेको छ । त्यसैले जनाताले अब यो गठवन्धन अव मंसिर ४ पछि न सरकार रहन्छ न त गठवन्धन रहन्छ । त्यसैले अब हरेक दिन गठवन्धनको दिनगन्ति सुरु भएको उनले बताए ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालले एक सय पचास सिट ल्याउने ठोकुवा गरे । उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एक सय सिट माथि ल्याउछ भने समानुपातिक तर्फ ५० सिट जित्ने दावी गरे । ओलीले भने “गठबन्धन कुनै लक्ष्य नभएको गन्तब्यहिन गठहरुको जत्था भएको बताए । गठबन्धन चार तिर मुख फर्काएर बसेको चर्तुभुज जस्तै भएको छ । जुन कतै चल्न हिड्न हुन सक्दैन तर मुख भने चारैतिर चलाईरहन्छ खाइरहन्छ उनले भने । ” गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उदेश्य छैन ।
उनले नेपाली काँग्रेसले यो मुलुकमा पटक पटक गरि झण्डै २४ बर्षे नेतृत्वमा शासन गर्दा राम्रो काम गरे भन्ने एउटा उदाहरण दिन चुनौति दिए । एमालेको नेतृत्वमा ३ बर्षमा यो देशको बिकास काँचुली फेरेको छ । त्यसैले बिकास समृद्धी चाहने सम्पुर्ण नेपालीले आगमी मंसिर ४ मा एमालेलाई बहुमत सहितको सरकार निर्माण गर्न मतदानमा सहभागी हुन सबैलाई आग्रह गरे । उनले राप्रपाई झापा क्षेत्र नम्बर तीनमा पहिला पनि जिताएको र अब पनि इमान्दार पूर्वक मतदान गरेर विजयी गराउन समेत निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमालेको क्षेत्र नम्बर ५ को (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार हिक्मतकुमार कार्की र सोही निर्वाचन क्षेत्र अन्र्तगत (ख) का प्रदेश सरकारका सांसदका उम्मेद्वार होम बहादुर थापाले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य लक्ष्मी संग्रौलाले राप्रपाले एमालेको बिकास योजनामा सहभगी भएर देश परिर्वनको पक्षमा उभिन सबै राप्रपा कार्यकर्तालाई इमान्दार पूर्वक यो क्षेत्रमा सूर्यमा मत दिन निर्देशन गरेका थिए ।
Comments