Sajhamanch Archive

भद्रपुरका दुई युवा वैज्ञानिक सम्मानित

Published: (Updated: ) in विविधा by .

भद्रपुर । भद्रपुर ५ स्थित सिद्धार्थ शिशुसदनमा अध्ययन पूरा गरी इञ्जिनियरिङमा स्थापित दुई युवालाई विद्यालयले सम्मान गरेको छ ।

भौतिक शास्त्र सिद्धान्तको प्रतितपादन गरी वैज्ञानिकका रूपमा प्रसिद्ध बनेका पूर्व विद्यार्थीद्वय आरिफ अली र दिव्यराज सापकोटालाई विद्यालय परिषरमा सम्मान गरिएको हो ।

वैज्ञानिक न्युटनको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको भन्दै विद्यालय परिवारले बधाई सहित सम्मान पत्रले सम्मान गरेको थियो ।

विद्यालयका प्रधान अध्यापक श्याम देवानको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व अरिफ अली, आरोही इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष रमेश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्रकाश भण्डारीले सञ्चालन र स्वागत मन्तव्य विद्यालय संचालक समिति सदस्य विजय तिम्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *