Sajhamanch Archive

बालनिकुञ्जको ४४ औं वार्षिकोत्सवः शिक्षक भट्टराईसहित ५० जना सम्मानित

Published: in विविधा, विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक नारायण भट्टराई सम्मानित भएका छन् । विद्यालयको ४४ वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षकको रुपमा भट्टराईलार्ई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

उनलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल लगायतले संयुक्तरुपमा सम्मान पत्र प्रदान गरिएका थिए । भट्टराईसहित विभिन्न विधामा ५० जना सम्मानित भएका छन् । जसमा २०७८ सालको वार्षिक परीक्षाका उत्कृष्ट भएका १८ जना विद्यार्थीलाई पुरस्कृत र सोका अभिभावकहरुलाई पनि विद्यालयले सम्मान पत्र प्रदान गरेको थियो ।

त्यसैगरी वर्षभरी सर्वाधिक हाजिरी कायम गर्ने १४ विद्यार्थीका अभिभावकलाई पनि विद्यालयले सम्मान गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्ले विद्यालयमा बलाहाङ्ग स्मृति छात्रबृत्ती अक्षयकोष स्थापना गर्ने खड्गध्वज योङ्हाङ्ग तथा मेदनीप्रसाद योङहाङ्गलाई कदर पत्रद्वारा सम्मान गरिएको विद्यायल प्रधानाध्यापक भुवानीप्रसाद थापाले जानकारी दिए । त्यसैगरी कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयहरु शैक्षिक र भौतिक विकासका लागि नगरपालिकाले हरदम प्रयन्त गरिरहेको बताए । स्थानीयतह भई सकेपछि सामुदायिक विद्यालयहरुमा धेरै सुधार भएको उनको भनाई थियो । नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि स्मार्र्ट विद्यालयको अवधाराण ल्याइएको समेत प्रमुख थोप्राले बताए । नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क पढ्न पाउने वातावरण मिलाउन लागि परेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक भवानीप्रसाद थापाले विद्यायलको प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल, वडाध्यक्ष हर्क सिगु, शिक्षक महासंघ अध्यक्ष बेनु कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत सहायक प्रअ. विष्णु प्रसाद खतिवडाले गरेका थिए भने सञ्चालन शिक्षक गोविन्द नेपाल र रवीन्द्र सुवेदीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *