Sajhamanch Archive

झिलिमिली तिहारका लागि बजार सरसफाई गरेर चिटिक्क पार्दै दूधेका युवा

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित दुधे बजार सरसफाई गरिएको छ । स्थानीय दोस्रो जीवन सुधार केन्द्रको आयोजनामा दुधे बजारका युवाहरुको टोलीले बजार सरसफाई गरेको हो ।

नेपालीहरुको महान चाड तिहारको रमझम सुरु भएसँगै बजारमा फोहोर देखिएकाले बजार सरसफाई गरिएको दोस्रो जीवन सुधार केन्द्रका अध्यक्ष पविन सेरेङ्गले जानकरी दिए ।

शिवसताक्षी नगरपालिकाले प्रत्येक हप्ता फोहोर उठाए पनि सडक वरपर छरिएर रहेका बोतल, पाष्टिकजन्य फोहोर चाड बाडको समयमा बजार कुरुप देखिएकाले युवाहरुको टोली बजार सरफाईमा जुटेको बताइएको छ । नगरपालिकाले स्थानीयले संकलन गरेर राखेको फोहार मात्र लाने गरेकाले पनि बजार वर परि फोहोर हुने गरेको स्थानीय मञ्जिल नेपाल बताउँछन् ।

करिव ३० जना युवाको टोलीले दुधे हाजडबजार, सडक किनारा झाडी सफा गरेको थियो । दूधे शिवगञ्ज रोडमा राखिएका गमला र सडकमा पानी हालेर सफा गरिएको थियो ।

सरसफाईका क्रममा शिवसताक्षी नगरपािलका वडा नम्बर ११ का वडा अध्यक्ष वहादुर आङवोले कुलतमा फसेका वा फस्न लागेका युवालाई यस्ता कार्यक्रमले सकरात्मक प्रभावित पार्ने बताए ।

कार्यक्रममा सतासीधाम जेसिज वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराई, फुर्वा तामाङ्ग, शिशिर उप्रेती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कालि प्रसाद रिजाल, शिक्षक गणेश भण्डारी, युवा व्यवसायी निरोज दुलाल लगायतका अग्रजको सहभागिता थियो । कार्यक्रमको सहजिकरण मंजिल नेपालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *