Sajhamanch Archive

बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् ।

इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् ।

चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ ।

विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए ।

उनी बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन् ।

यसैबीच इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *