Sajhamanch Archive

अनेरास्ववियु शिवसताक्षी नगर कमिटीको शुभकामना आदान प्रदान सम्पन्न

Published: in विविधा by .

शिवसताक्षी । अनेरास्ववियु नगर कमिटी शिवसताक्षीले नेपालीहरुको महान चाड तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा सामुहिक देउसी खेलेको छ ।

अनेराश्ववियु नगर कमिटीले आसन्न निर्वाचनमा कमिटी खेल्ले भूमिका र शिवसताक्षी नगरकमिटीले हालसम्म उपलब्धी हासिल गरेको कामहरुको बारेमा नेकपा एमाले नगरकमिटी तथा प्रदेश कमिटीलाई जानकारी गराउने उद्दश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले अनेरास्ववियु नगर कमिटी यति भव्य कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । उनले पार्टी संगठन चुस्त र चलायमान बनाउन विद्यार्थीहरुको पनि उति भूमिका रहने जानकारी दिए । सम्पूर्णमा शुभ दिपावली सहित आउँदै गरेको छठ, नेपाल सम्बत, चासोक तङ्नाम लगायत पर्वहरुको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा आसन्न निर्वाचनमा झापा क्षेत्र नं ४ (क)का प्रदेश सांसद पदका उम्मेद्वार राधाकृष्ण खनालले हाल आसन्न निर्वाचनको महासंग्राममा सूर्य ध्वजका उम्मेद्वारहरुलाई विजयी गराउन विद्यार्थीसाथीहरुले आ–आफ्नो स्थानबाट लाग्न सुझाएका छन् । हाल नेकपा एमालेले राप्रपासँग तालमेल गरेकाले सबै उम्मेद्वारलाई जिताउन समेत आग्र्रह गरेका हुन् ।
नेकपा एमाले झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा लिम्बुले व्यक्ति नभनी सूर्य चिन्हमा भोट हालेर पार्टीलाई जिताउन पर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा फेरी पनि एमालेले बहुमत ल्याउनु पर्ने भएकाले पार्टीका सबै जनवर्गिय संगठनहरु लाग्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष सुनिताले आजको युगमा पारदर्शीतासहितको चेतना र त्यो चेतनालाई परिकृत गर्दै समृद्ध सहितको यात्रामा जोड्नुको विकल्पन नहेको बताइन् । हामीले भन्दै आएको संसार भरी छरिएर रहेका नेपालीहरुको राष्ट्रिय आकांक्षा रहेको सुखी नेपाली र समृद्ध नेपाल बनाउन दरिलो शिक्षा, जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने बताइन् । शिक्षालाई आधार शिलालाई अगाडी बढे मात्रै समृद्धिलाई अघि बढ्ने र त्यो नेकपा एमालेले मात्रै पुरा गर्ने उनको भनाई थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई, पार्टीका विभिन्न जनवर्गिय संगठनका अध्यक्ष, नेरास्ववियुका विभिन्न पालिकाका अध्यक्षलगायत विद्यार्थीहरुको उल्लेख्यि उपस्थिति रहेको छ । कार्यक्रममा गीत, गजल र नृत्य समेत प्रस्तुत गर्नुका साथै सामुहिक देउसी समेत खेलिएको थियो । अनेरास्ववियु नगर कमिटी अध्यक्ष सृजना कटुवालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव हेमन्त नेपालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *