प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार पोखरेललाई मतदान किन ?
Published:
by .भद्रपुर । झापा क्षेत्र नं. १ ÷२(ख)बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार हिराप्रसाद पोखरेल चुनावी घर दैलोमा सक्रिय भएका छन् ।
दलहरुले पुरानै अनुहार दोहोरियाउन र पटक–पटक निर्वाचित भएपनि जनता अवस्था उस्तै रहेको आरोप लागि रहेका बेला पोख्ररेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले आफ्नो स्पष्ट भिजन र प्रतिबद्धताका साथ उम्मेद्वारी दिएको बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, राष्ट्रियता र मजदुर, किसान, पेशाकर्मी तथा श्रमजिवी वर्गको पक्षधर लगायत जनसमुदायको हक हितमा समर्पित हुँदै आफुले उम्मेद्वारी दिएको उनको भनाई छ ।
हिराप्रसाद पोखरेललाई मतदान किन ?
लोकतन्त्रलाई जनताको घर आँगनसम्म पुर्याउन स्वतन्त्र उम्मेद्वारको रुपमा उभिनु समयको माग भएकाले आफुले उम्मेद्वारी दिएको उनको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । दलगत स्वार्थ भन्दा माथि उठेर आम जनतालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउने परिपाटीको पक्षमा आवाज बुल्द गर्न, विकासको योजनाहरुको छनौट, बजेट विनियोजन जनताको माग र चाहना अनुसार निष्पक्ष र स्वतन्त्र ढंगबाट गरि विकासलाई गति दिइने छ ।
उनले राजनीतिकमा देखिएको बाहिय हस्तक्षेप, नातावाद, भागबण्डा, कृपाबाद र गुटवादलाई जनतासामु उदांगो पार्दै मूल्यमान्यतामा आधारित जनताको सार्वभौम अधिकार स्थापित गर्दै लोकतन्त्र सुदृढ र जनमुखी बनाउन अग्रर भई समाजवाद तर्फको यात्रा अघि बढाउँदै राजनीतिक शक्तिहरुबीच पुनर्गठन र पुनजार्गन अभियान चाल्न चलाउन मद्दत गरिने प्रतिबद्धत पत्र मार्फत बताएका छन् ।
युवा तथा महिलाहरुलाई रोजगारमा सम्लग्नता बढाउने नीति तथा कार्यक्रम बनाउन पहल गर्न तथा पछाडी परेका र पारिएका समुदायहरुको हितको प्रवद्र्धन गर्ने । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकार, संसद र न्यापालिका बीच स्वतन्त्र ढंगले काम गरि नियन्त्रण र सन्तुलनको परिपाटी हुर्काउन योगदान गर्ने कुरा बताइएको छ ।
देशमा व्याप्त भ्रष्चार, ढिलासुस्ती, बेथिति, लुटतन्त्र र कमिशनतन्त्रको अन्त्यको लागि अभियान चलाउने र देशलाई लोकतान्त्रिक प्रणालीमा चलाउन हस्तक्षेप गर्ने । २०६२÷०६३ सालको जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तन अनुरुप शिक्षा, स्वास्थ्य, कृषि, पशु उद्योग, व्यापार, पर्यटन वन र वातावरण तथा भौतिक पूर्वाधार विकास गरी रोजगार गर्न, अर्थतन्त्र विकासमा पहल गर्न र जनताको जीविकोपार्जनमा व्यापक सुधार ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
देशको बजेटलाई जनताको राय र आवश्यकताको आधारमा खर्चन गर्ने दिशामा पहलकदमी लिने र पारदर्शीता बढाइने, औद्योगिकरण प्रवद्र्धन गर्दै युवाहरुलाई स्वदेशमै रोजगार दिलाउन अभियान चलाइने छ । संसदलाई सिमित राजनीतिक दलका नेताहरुको बन्धक बन्न नदिन र जन आवाज संसदसम्म सहि ढंगले पुर्याउन नीतिहीन र सिद्धान्तहिन स्वार्थ प्रेरिको गठबन्धनको संस्कृतिलाई तोड्दै स्वस्थ राजनीतिक प्रतिश्पर्धाबाट श्रेष्ठता हासिल गर्ने लोकतन्त्रलाई बलियो पारिने उम्मेद्वार पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैचारिक नीतिगत कार्यक्रम र सैद्धान्तिक धरातल विर्सिदै गएका राजनीतिक दलका नेतारुलाई राजा महाराजा बनाउने राजनीतिक संस्कारलाई तोड्न र राजनीतिक प्रणालीमा जनता बलियो पार्न, राजनीतिकदलहरुले पार्टीका सदस्य, कार्यकर्ता र जनतालाई दाश बनाउने खोजेकाले उनीहरुलाई दासताको जन्जिरबाट मुक्त गर्दै स्वतन्त्र देशको नागरिक बनाउने अभियान चलाइने ।
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्न मौलिक धर्महरुको संरक्षण गर्ने, फरक क्षमता भएका व्यक्ति व्यक्तित्वहरुलाई समाजमा स्थापिता गराउने, सीमा क्षेत्रमा भएका व्यविचार, अनाचार विरुद्ध आवाज उठाउँदै प्रकृतिको संरक्षण, चुरे पर्वतमालाको दोहनलाई नदिलाल उत्खन र विषादी मुक्त उत्पादन र उपभोगलाई जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
उनले प्रदेश सभा सदस्यका लागि एक भोट जेब्रा चिन्हमा दिएर आफुलाई जिताउन आग्रह समेत गरेका छन् । विगतमा भएको निर्वाचन जितर गएपछि गाउँ नफिर्किने परम्परालाई तोड्दै जनताले दिएको मतको कदर गर्ने र सदैव जनताको बीचमा रहेर काम गर्ने समेत उनले प्रतिबद्धता गरेका छन् ।
Comments