Sajhamanch Archive

देशको समग्र विकासका लागि एमालेको सरकार अपरिहार्य छः उम्मेद्वार साँवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by .

शिवसताक्षी । देश भरका घर जग्गा नभएका घरबार विहीन भएका सुकुम्बासीलाई नेकपा एमालेले घर बनाईदिएर वितरण गरेको झापा क्षेत्र नं. ४ प्रतिनिधिसभा उम्मेद्वार एलपी साँवाले बताएका छन् ।

आज झापाको वैगुन्धरा कोणसभालाई सम्बोधन गर्ने क्रममा उनले एमालेको सरकारले ल्याएको नीति अनुसार देशभरका स्थानीय निकाय मार्फत घर निर्माण गरेर सुकुम्बासीलाई वितरण गरेको बताए । नेकपा एमालेले सुकुम्बासी व्यवस्थापन गर्ने सुरुवात मात्र हो उनले भने, अब क्रमशः नयाँ घर निर्माण गर्दै सुकुम्बासीको व्यवस्थापन गरिदै लगिने छ ।

शिवसताक्षी नगरपालिकको वडा नं. ११ पनि १६ ओटा घर निर्माण गरी हाल १२ परिवारलाई व्यवस्थापन गरिएको छ । त्यस्तै नगरपालिकाको वडा नं. ३ पनि घरबार विहीनहरुलाई घर निर्माणका लागि जग्गा उपलब्ध भई सकेको साँवाले बताए ।

नेकपा एमालेले सातैवटा प्रदेशमा एकै पटक ३९६ ओटा प्राथमिक स्वास्थ्य अस्पताल शिल्यान्यस गरी निर्माण सुरु गरिएको हाल निर्माणको अन्तिम चरणमा पुगेको उम्मेद्वार साँवाले जानकारी दिए । उनले स्वास्थ्य, शिक्षा, रोजगारका लागि एमालेले उल्लेख्य काम गरेको भन्दै सबैलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो क्षेत्रका प्रमुख समस्याहरुमा जानकार रहेको बताए । यहाँको प्रमुख समस्या नदि कटानबाट पीडित बनेको नागरिकलाई सुरक्षित गर्नु हो । उनले भने, कनकाई माई, कमल, कमल बनियानी, दुधे खोला, सतासी खोला लगायत साना तथा ठुला खोलाहरुले दुःख दिइरहेको छ । नेकपा एमालेले सुरु गरेको कनकाई माईको पश्चिम किनारमा बर्सेनी तटबन्धनको काम भईरहेको छ । त्यसलाई नेपालको सीमाना सम्म पुर्याउने उनले मतदाता समक्ष प्रतिबद्धता गरेका छन् । मुलुकको समग्र विकासका लागि एमालेको सरकार अपरिहार्य रहको उनको भनाई छ ।

यता नेकपा एमाले क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार राधाकृष्ण खनाले नेकपा एमालेले स्पष्ट दृष्टिकोण र भिजनका साथ आएकाले अरु पार्टीहरु भन्दा देश विकासका लागि इच्छा शक्ति भएको बताए । चुनावी घरदैलोको क्रममा उनले एमालले आफ्नो घोषणा पत्र ग्यारेन्टीका साथ काम गर्ने दृष्टिकोण र भिजन राखेको जानकारी दिए । उनले आफुलाई जिताएर पठाए जग्गाको लालपुर्जा वितरणको कामलाई पुरा गर्ने बाचा गरे ।

भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुने गरी काम गरेर यहाँका भूमिहीन किसानहरुलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता गरे । जग्गा दर्ता सम्बन्धी आफुले काम गरेकाले अधुरो कामलाई पुरा गर्ने बाचा गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *