Sajhamanch Archive

दार्चुलामा यस्तो देखियो एमालेको चुनावी सभा: विकास र राष्ट्रियताको सन्देश {तस्वीरहरु}

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (शुक्रबार) देखि सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान शुरु गरेको छ । शुक्रबार खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको थालनी गरेका हुन् ।

आजै ओलीले अरु दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओली चुनावी अभियानका क्रममा ४० वटा जिल्लामा पुग्ने कार्यक्रम तय भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

दार्चुलाबाट चुनावी अभियानको शुरु गरेर एमालेले केही सन्देश दिन खोजेको नेताहरु बताउँछन् । एमाले अध्यक्ष ओलीले मुख्यतः विकास र राष्ट्रियताका दुई सन्देश दिन खोजेको दावी गर्छन् । ‘पछाडि परेको क्षेत्र र पछाडि परेको समुदायलाई नेकपा ९एमाले० ले समस्या समाधान गरेर अघि बढाउँछ । विकासको मूलधारमा लान्छ भन्ने कुराको सन्देश यहाँबाट शुरु गर्न चाहन्छु’, ओलीले सम्बोधनका क्रममा पहिलो सन्देशबारे भने ।

त्यस्तै नेपालको एक इन्च भूमि पनि कसैलाई नछाड्ने र मिचिएको भूमि फिर्ता ल्याउने ओलीले प्रतिबद्धता जनाए । ‘राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,’ ओलीले भने, ‘मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसद्ले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।” उनले सीमानाको सवालमा छिमेकी मुलुक भारतलाई चित्त सानो नबनाउन समेत आग्रह गरे ।

ओली प्रधानमन्त्री भएका बेला मिचिएको लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो । उनले उक्त भूमि फिर्ता गर्ने जिकिर दोहो¥याउँदै आएका छन् । आजको सभामा पनि उनले ती भूमि फिर्ता ल्याउने प्रतिबद्धता जनाए । एमालेले चुनावी ऐजेण्डा सोही विषयलाई बनाउने सन्देश सोही क्षेत्रबाट दिएको हो ।

oli 1
oli 2
oli 3
oli 4
oli 5
oli 6
oli 7
oli 8
oli 9
oli 10
oli 11
oli 12
oli 13
oli 14
oli 16
oli 17
oli 18

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *