Sajhamanch Archive

बिनपा ३ का ११ मुसहर परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

बिर्तामोड । दशैंको मुखैमा नयाँ लुगा र खानेकुराहरु सित्तैमा पाएपछि बिर्तामोड नगरपालिका ३ मा बसोबास गर्ने मुसहरहरु दंग परेका छन् ।

के खाउँ र के लाउँ भन्ने समस्यामा रहेका गरीब, निमुखा मुसहरहरुलाई लायन्स क्लब अफ बिर्तामोड सिटीले दशैंका लागि लुगा र खानेकुरा प्रदान गरेको हो ।

अन्धुवा खोलाको बगरमा रहेका ११ परिवार मुसहरलाई एक–एक जोर लुगा, १० केजीका दरले चामल र पाँच केजी आलु प्रदान गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, बिर्तामोड वडा नं ३ का अध्यक्ष भोजराज सिटौलालगायतले उक्त राहत सामग्री वितरण गर्दै लायन्स क्लब अफ बिर्तामोड सिटीको सकारात्मक सहयोगप्रति सराहना व्यक्त गरे ।

दशैं आउनै लाग्दा नयाँ लुगा र खानेकुरा पाएपछि पूर्णी ऋषिदेवले खुशी हँुदै भनिन् ‘दशैंको टेन्सन थियो, अब ढुक्क भयो ।’

त्यसैगरी अन्जु चौधरी ऋषिदेवले पनि मुख्य चाड दशैंका लागि खाद्यान्न र कपडा जोहो भएकोमा खुशी व्यक्त गरिन् ।

लायन्स क्लब अफ बिर्तामोड सिटीका प्रेसिडेन्ट निरज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा रिजनल चेयरपर्सन लीला चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

फस्ट भाईस प्रेसिडेन्ट घनश्याम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी भिष्मराज पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *