Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा नमुना मतदान

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमुना मतदान गरिएको छ संघीय र प्रदेश सरकारको निर्वाचन नजिकदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमुना मतदात गराएको हो ।

नमना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो ।
निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागीता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट पारिएको निर्वाचन कार्यालयका कर्मचारी वशिष्ठ अधिकारीले जानकारी दिए। मतदानका क्रममा निर्वाचनमा खटिने कर्मचारीहरुलाई आइपर्ने समस्या र त्यसको समाधानका लागि पनि जानकारी दिइएको निर्वाचन कर्मचारी अधिकारीले बताए ।

मतदान गर्न आउने मतदाताको आयोगले तोकेको परिचय पत्र हेर्नु पर्ने, मतदान गर्न आउने मतदाताले अनिवार्य मास्क लगाउनु पर्ने, तकिएको लाइन उभिएर मतदान गर्ने पर्ने जस्ता विषयहरु सिकाईएको थियो । स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रम पर्याप्त नहुँदा मत बदरको संख्या बढेकाले निर्वाचन आयोगले यस पटक प्रभावकारी तरिकाले मतदाता शिक्षा र नमुना मतदानमा निर्वाचन आयोगले जोड दिएको निर्वाचन आयोगका कर्मचारीले बशिष्ठ अधिकारीले जानकारी दिए ।

नमुना मतदानमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुखले पहिलो मत खसालेकी थिइन् । झापाका सबै स्थानीयतहमा नमुना मतदान गराइएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *