Sajhamanch Archive

शिवसताक्षीका युवाहरुलाई ४५ दिने मेसन तालिम

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीका युवाहरुलाई डकर्मी सम्बन्धी मेसन तालिम दिइएको छ । शिवसताक्षी ८ झिलझिलेमा युरापियन युनियनको आर्थिक सहयोगमा २० जना युवाहरुलाई ४५ दिनको तालिम दिइएको हो ।

घर निर्माण सम्बन्धी काम गर्न युवाहरुलाई अग्रसर बनाई आत्म निर्भर बनाउने उद्देश्यले तालिम दिइएको आप्रावाशी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षीका अध्यक्ष पारसमणी आचार्यले बताए । तालिममा सहभागीहरुले सिटिभिटीबाट मान्यता प्राप्त प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । एक्सन फर डेभोलेमेन्टको आयोजनामा र आप्रावाशी कामदार हकहित संरक्षण केन्द्रको पहलमा तालिम गराइएको हो ।

युवाहरुलाई आत्मनिर्भर बनाउन युवा लक्षित कार्यक्रम अन्तर्गत तालिम दिइएकोमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले तालिम आयोजक संस्थालाई धन्यवाद दिएकी छिन् ।

नगरपालिकाले पनि वैदेशिक रोजगारीबाट फर्किएका वा स्थानीय स्तरमा भएका युवाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु गर्ने तयारी रहेको बताइत् । तालिममा सहभागी भएर काममा दक्षता हासिल गरेका युवाहरुलाई नगरपालिकालले विभिन्न काममा लगाउन सकिने समेत उप प्रमुख कार्कीले बताइन् ।
तालिममा भुकम्प प्रतिरोधी भवनहरु निर्माणका लागि प्रयोगितात्मक पनि गराईने आयोजक एक्सन फर डेभोलेमेन्टले जनाएको छ । तालिमको सहकजीकरण हेम नारायण चौधरीले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *