Sajhamanch Archive

आज रातिबाट मौन अवधि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदैछ ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो ।

यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । यसैबीच, निर्वाचनका लागि सुरक्षा  रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *