Sajhamanch Archive

यू–१६ फुटबल : दमक सेमिफाइनलमा

Published: in खेलकुद by .

बिर्तामोड । बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । दमकले मुनाल क्लब चन्द्रगढीलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

बिर्तामोड २ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा दमकका तर्फबाट निश्चल राईले २ तथा निर्जल बोहोराले १ गोल गरे । मुनाल क्लब चन्द्रगढीका तर्फबाट एक मात्र गोल सुविन भुजेलले गरेका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टोलीका नवराज तामाङ घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शिव सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिलेबिच खेल हुने आयोजक संस्था हाम्रो एकता युवा समाजका सचिब लक्ष्मीप्रसाद घिमिरेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *