Sajhamanch Archive

शिवसताक्षीमा ९ ओटा मत खसेपछि पुनः मतदान

Published: in विविधा by .

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ अन्तर्गतको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा ९ ओटा मत खसेपछि पुन मतदान गरिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मत पत्र प्रायोग भएपछि उक्त मत पेटिकालाई शिल्ड गरी पुन मतदान गरेको गरिएको हो ।
क्षेत्र नंं ४ का निर्वाचन अधिकृत प्रकाश गौतमको रोहबरमा मत पेटिका शिल्ड गरी पुन मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सोही मतदान स्थलको मतदान केन्द्र (ग)मा पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि २६ ओटा मतपत्र एउटै प्रयोग भएपछि छलफल भइरहेको बालनिकुञ्ज माध्यमिक विद्यालयका मतदान अधिकृत मनोज तामाङ्गले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *