Sajhamanch Archive

झिलीमिली सताक्षीधाम, नगरपालिकाद्वारा सडक बत्ती जडान

Published: in विविधा, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज साँझ झिलझिली भएको छ ।

बालाचतुदशी मेलाका लागि र धार्मिक अनुष्ठानका लागि सताक्षीधामलाई पारेर झिलझिली सिगारिएको हो । धाम विकास समितिले र गोलोक गोबद्र्धन गौशालालले बालाचतुदर्शीका लागि सम्पूर्ण तयारी भएको जनाएको छ।

आज साँझ सताक्षीधाममा भजन कीर्तन गरेर रातै भरी जाग्रम बस्ने चलन छ । भोली बालाचतुदर्शीका दिन विहान सतविउ छर्ने गरिन्छ । सताक्षीधाममा शिवसताक्षी नगरपालिकाले धार्मिक मेलामा रात्रीकालिन सहज होस भन्ने उद्देश्यले सडक बत्ती जडान गरेको छ । नगरपालिकाले ६५ ओटा सडक बत्ती जडान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको हो ।

आज साँझ शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, शिक्षा प्रमुख छवि ढकाल र कार्यक्रम अधिकृत महेश लामिछानेले अवलोकन गरेका छन् ।

मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास धर्मालम्बीमा रहेको छ । शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ ।

धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तील, चना, मकै पनि शतबीजमा प्रयोग गर्ने गरिन्छ । हिजो बेलुका देखि रातभर सम्म भजन किर्तन गर्दै जाग्रम बसेर बिहान शतबीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शतबीज छर्नका लागि शिवालयनजिकका जंगलहरुलाई छान्ने गरिन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *