Sajhamanch Archive

ललितपुर- २ मा एमालेका महर्जन निर्वाचित

Published: in राजनीति by .

काठमाडौ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५३९ मतसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *