क्षेत्र नं. ४ मा एमालेका साँवाको अग्रता कायमै
Published:
by .शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बुको अग्रता रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भुप्रसाद ढकाललाई पछि पार्दै लिम्बुले अग्रता लिएका हुन् । लिम्बुले ५ हजार ३६ मत प्राप्त गरेका छन् भने, ढकालले ५ हजार ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनतर्फका नेपाली कांग्रेका उम्मेद्वार देउमान थेवेले ३ हजार १ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए । हालसम्म क्षेत्र नं. ४ को १५ हजार ३२ मत गणना भइसकेको छ ।
Comments