Sajhamanch Archive

एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् ।

अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा झापा आउँदा सताक्षीधाममा गोलोक बोद्र्धन गौशालाले लगाएको पुराणको उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा अध्यक्ष ओली आफ्नो समय धार्मिक एकता तथा सहिष्णुताका विषयामा व्याख्या गरेका छन् । मानव सव्यता, मानव सृष्टि, समाज, धर्मका बारेमा विभिन्न धार्मिक स्लोकहरु सहित व्याख्या गरेका थिए । वेद तथा शास्त्रमा लेखिएका कतिपय कुराहरु विज्ञानले पनि काट्न सकेको छैन । अध्यक्ष ओलीले भने, भाष्कर चार्य भन्दा अगावै आर्यभट विश्वको असाधारण विद्धान हुन् ज्योतिषचार्य जसले नक्षत्र ग्रह गनेका थिए । पृथ्वी र चन्द्रमाको दुरी, पृथ्वी र सुर्यको दूरी, पृथ्वीको गोलाई पत्ता लगाएका थिए ।

आज विज्ञानले त्यही नक्षत्र ग्रहहरु पत्ता लगाएका छन् । हाम्रो भूमिबाट हाम्रा पूर्वज विद्धाहरु विश्वभर चेतना फैलाउने काम गरेको अध्यक्ष ओलीले बताए । आयुर्वेद औषधी विज्ञान, चिकित्सा शास्त्र उपचार विज्ञानलागयत सबै कुराको सुरु भएकाले यो आसधारण पुन्य भूमि भएको उनको भनाई थियो । हाम्रा पूर्वजहरुले गाईको महत्व बुझेरै गौमाताका रुपमा मान्दै आएको थिए । जुन आज यस सताक्षीधाममा संरक्षण गरेर यहाँको गौशालाले अझ पुन्यको काम गरेका अध्यक्ष ओलीले बताए ।

जगत गुरु बालसन्तले अध्यक्ष ओलीको राष्ट्रिवाद र राष्ट्रियताको माया प्रति खुलेरै प्रशंसा गरेका थिए। जतिबेला भारतले नाका बन्दी लगाएको थियो । नाकाबन्दीको विरुद्ध राष्ट्रको शिर उच्चो राख्ने गरी काम गरेको भन्दै जगतगुरु बालसन्तले त्यस बेला केपी ओलीलाई भेट्न निकै खोजेको बताए ।

लिप्याधुरा लिपुलेक सम्बन्धी अध्यक्ष ओलीले गरेको व्याख्या शास्त्रीय हिसाबले मलै पुष्टी गरेको छु, जगत गुरुले भने, उहाँको ज्ञान सबै नेताहरु भन्दा उच्चो छ । जगतगुरु बालसन्त नेपाल आमा र राष्ट्रको निम्ति सबै एक भएर लाग्नु पर्ने बताए । अध्यक्ष ओलीले भारतका पत्रकारसँग दिएको अन्तरवार्तमा कोशीको तट विश्वमित्रको तपस्थली हो , गायत्री मन्त्रको पुनश्च गरेको ठाउँ हो चतराधाम भन्दा आफ्नो छाती गर्वले फुलेको जगत गुरु बालसन्तले बताए । सताक्षीधाममा आज सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *