Sajhamanch Archive

शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको अभियानः वडा नं. १ का ४ महिला सम्मानित

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नम्बर १ बाट ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । शनिबार नगरपालिकाको कार्यालयमा उद्घाटन गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शिवसताक्षी नगरपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको हो ।

कार्यक्रममा उपप्रमुख कार्कीले लैंगिक हिंसा घरबाट नै जन्मिने हुँदा यस्को अन्त्य आफ्नै घरबाट आफूबाट गरेर नगर भित्रका महिलाहरुलाई प्रभावकारी रुपमा लैंगिक हिंसा विरुद्धको अभियानमा सहभागी गराउन आग्रह गरेकी छिन् ।

महिला हिंसा विरुद्धको अभियान मंसिर २४ गते सम्म सञ्चालनमा रहने महिला तथा बालबालिका साखाले जनाएको छ । महिला तथा बालबालिका शाखाले नगरका ११ वटै वडाहरुमा कार्यक्रम सञ्चालन गर्ने छ । कार्यक्रममा शिवसताक्षी वडा नम्बर १ का ४ जना महिलाहरू सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा वाटुली माझी,चन्द्रमाया दर्जी ,मिठिमाया भुजेल र गंगामाया श्रेष्ठ रहेका छन्।

शिवसताक्षी नगरपालिकाका वडा नम्बर–१की महिला वडा सदस्य उमा माझीको अध्यक्षमा भएको कार्यक्रमको स्वागत शिवसताक्षी नगरपालिकाका वडा नम्बर १की दलित महिला वडा सदस्य निर्मला पौडेल बराईलीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुलीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *