Sajhamanch Archive

प्रअ. काली सरको विदाई, विद्यार्थीहरुले गाडीमा राखेर घरै पुर्याए

Published: in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ ।

विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम गरी विदाई गरेका हुन् । विद्यार्थीहरुले फुल माला, अभिर, खादा लगाई दिएर प्रअ रिजालाई गाडीमा राखी घरसम्म पुयाइएका थिए । प्र.अ. रिजालाई दीर्घजीवनको कामना गर्दै आफुलाई दिएको ज्ञान सीपलाई विद्यालय र गुरुहरुको शिर उच्चो हुने गरी काम सोही विद्यालयकी छात्रा विद्या सिग्देलले बताइन् ।

रिजाल वि.सं. २०४५ साल फागुन ३० श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकको रुपमा सेवा प्रारम्भ गरेका थिए । वि.सं. २०४८ सालमा माध्यमिक शिक्षक तृतीय श्रेणीमा स्थायी भई बृत्ति विकासको क्रमममा २०६५ सालदेखि माध्यमिक तह द्वितीय श्रेणीरहेका विद्यालयले विद्यालय प्रशासनले जनाएको छ ।

वि.सं. २०७३ साल श्रावणदेखि प्रधानाध्यापकको जिम्मेवारी बहन गर्दै विसं. २०७९ साल श्रावण महिनादेखि माध्यमिक शिक्षक प्रथम श्रेणीमा पदोन्नती भएको बताइएको छ । प्रअ रिजालले आफु अवकाश भएपछि सोही विद्यालयका शिक्षक लालमणी सुवेदीलाई प्रधानध्यापकमा नियुक्त गरेको विद्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *