Sajhamanch Archive

शिवसताक्षीका १० शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो ।

अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त सामाग्री प्रदान गरेको हो ।

ह्वील चियर पाउनेहरुमा तोर्णबहादुर विष्ट, कृष्णबहादुर राई, सनिल न्यौपाने,डिकबहादुर थापा, भुपेश ताजपुरिया, मनझरिया ताजपुरिया, गंगा माझी, केशबकुमार सापकोटा, विष्णुमाया चापागाई, शुसीकला सोडारी रहेका छन् । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र सम्बन्धी वडाका वडाध्यक्षहरु र वडा सदस्यहरुले ह्वील चियर लगायतका सामाग्री प्रदान गरेका थिए ।

यसका साथै दृष्टिविहीनहरुका लागि ७ थान सेतो छडी र आंशिक अपाङ्गता भएका व्याक्तिहरुलाई ९ थान बैसाखी वितरण गरिएको महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना चौलागाईले जानकारी दिइन् ।

कार्यक्रमा नगरप्रमुख थोप्राले शारीरिक अपाङ्गता भएका नागरिकहरुका लागि सरकारले दिएको सुविधाहरुलाई सम्बन्धित वडा कार्यालयले छनौट गरेर पठाएको सिफारिसका आधारमा प्रदान गरिएको बताए । उनले अपाङ्गता भएका नागरिकलाई समाज अरु सो सरह सम्मानका साथ बाँच्च पाउने अधिकारको प्रत्याभूति गराउने गरी काम गर्ने लक्ष्य लिएको बताए । समाज अपाङ्गता भएका नागरिकलाई कसरी स्थापित गराउने भन्ने नै नगरपालिकाले मुल उद्देश्य राखेर काम गर्दै आएको उनको भनाई थियो ।

शारीरिक अपाङ्गता भएका नागरिकलाई ह्वील चियर, बैसाकी जस्ता सामाग्री पर्याप्त नहुने नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन्। यसले उहाँहरुलाई सामन्य हिडडुल गर्न मात्र सहयोग बन्ने छ । उनले भनिन, अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जनका लागि विभिन्न कार्यक्रमहरु गर्न नगरपालिकाले खोजी गरिहेको छ । उनीहरुलाई सहज हुने खालको कामहरुको खोजी गरी आय आर्जन गर्ने वातवरण सृजना गर्न सके ठुलो उपलब्धी हुने उनको भनाई थियो ।

यसैबीच कार्यक्रममा अपाङ्गता परिचयपत्र वितरणकी संयोजक तथा पूर्व उपप्रमुख भोजकुमारी नेपाल सहित ४ जनालाई नगरपालिकाले सम्मान गरेको छ । उनीहरुलाई ढाकाको दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्व उपप्रमुख भोजकुमारी नेपाल, उषा केसी, श्याम श्रेष्ठ र तोयानाथ भट्टराई रहेका छन् । अपाङ्गता परिचय पत्र समितिले सफलता पूर्वक सम्पन्न गरी कार्यकाल पुरा गरेकोमा नगरपालिका महिला तथा बालबालिका शाखाले सम्मान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा पूर्व उपप्रमुख भोजकुमारी नेपाल, वडा नं. ४ वडाध्यक्ष विष्णु प्रसाई, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, शिवगञ्ज स्वास्थ केन्द्रका डा. सविन ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *